सलाङका सोम श्रेष्ठ सहित ७५ जना काँग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २४, २०७४

धादिङ कात्तिक २४ । धादिङको सिद्धलेक गाउँपालिका सलाङका माओवादी केन्द्रका युवा नेता सोम श्रेष्ठ माओवादी केन्द्र र ठाकुर श्रेष्ठ एमालेको नेतृत्वमा ७५ जना माओवादी केन्द्र र एमाले कार्यकर्ता काँग्रेसमा प्रवेस गरेका छन् ।

सिद्धलेक गाउँपालिका  ३ सलाङ रातमाटेमा भएको नेपाली काँग्रेसको चुनावी सभा कार्यक्रममा नेपालका बामहरु माममा रुपान्तरण भएकोले मुलुको आर्थिक समृद्धि र लोक तान्त्रको रक्षा काँग्रेसले गर्ने बताउँदै प्रदेश सभा चुनावमा काँग्रेसका युवा उम्मेदवार शिव सुवेदीलाई जिताउन समेत श्रेष्ठ आग्रह गरे ।

नेपाली काँग्रेका तर्फबाट प्रतिनीधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेस सभा क्षेत्र नं. २ मा उम्मेदवारी दिएका शिव सुवेदी, बद्री अर्याल  लगायत काँग्रेस नेताहरुले श्रेष्ठ सहित नव प्रवेसीलाई स्वागत गर्दै सदस्यता प्रदान गरेका गरेको निर्वाचन प्रचार प्रसार समिति सदस्य मोहन पण्डितले जानकारी दिनु भयो ।

श्रेष्ठ माओवादी शान्ति प्रक्रियामा आए सँगै सलाङमा क्रियाशिल हुँदै आएका थिए । भलिबलमा रुचि राख्ने श्रेष्ठ विगत १ वर्ष देखि भालिबलको रेफ्रीको भुमिकामा रहँदै खेल खेलाउँदै आएका छन् ।