काँग्रेसलाई भोट आर्थिक समृद्धिका लागि -धमला

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २३, २०७४

धादिङबेसी कात्तिक २३  । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आर्थिक समृद्धिको काँग्रेसले जित्नु पर्ने बताए ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा बिशिबार आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै धमलाले काँग्रेस नै अहिले सम्मको विकास प्रेमी पार्टी भएको बताउँदै यस्तो बताएका हुन् ।

कार्यक्रममा राप्रपाका बरिष्ठ नेता बुद्धिमान तामाङले धादिङको विकासको लागि धमलाले खेलेको भूमिकाको प्रशसा गर्नुभयोे । उहाँले पत्रकार धमलाले अघि सारेको एजेण्डा र अभियानलाई आफ्नो पूरै सहयोग रहने विश्वास दिलाए । अब विकासको अभियानमा अघि बढ्ने र निर्वाचनको माध्यमले गठबन्धनलाई बलियो बनाउने तामाङले बताए ।

त्यस्तै कानून राज्यमन्त्री एवम् धादिङ क्षेत्र नम्बर २ का उम्मेद्धवार दिलमान पाख्रिनले संविधान कार्यान्वयनको लागि निर्वाचनमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिए । पाख्रिनले पनि आफू जनताको समस्या समाधान गर्न तयार रहेको धारणा सार्वजनिक गरेका थिए ।