धादिङबेसी कात्तिक २३ । धादिङबेसी पशुपति मन्दिरमा जारी धार्मिक महोत्सव, श्रीमद्भागवत तथा कार्तिक मेलाको अन्तिम दिन प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भट्टरार्ईले समेत दान गरेका छन् । मन्दिर परिसरमा सुरुभएको भागवत उद्घाटन कार्यक्रममा अतिथिको रुपमा आएका प्रमुख जिल्ला अधिकारीले आज अन्तिम दिन पुन आई नगद दान गर्नुभएको हो ।
भागवतमा विन्दुकेशरा बृद्धाआश्रमको भवन निर्माणको काम गर्न सुरुभएको मेला भागवतको अन्तिम दिनमात्र ६ लाख ५० हजार नगद संकलन भएको छ । भागवतको अन्तिम दिन सम्मको दान संकलन रकम १८ लाख भन्दा बढी भएको छ । पाँ सय भन्दा बढी दान गर्नेहरुको रसिद काटिएको र त्यो भन्दा कम रमक दान बासकसमा हालिएकोले दान बाकसको रकम गणना भएपछि मात्र संकलन रकमको यति भयो भन्न सकिने आयोजकले बताएको छ ।
भागवतमा केशव रिजाल र अम्विका रिजाल दम्पतीले १ लाख २४ हजार १२६ सहित धादिङबेसी पुछारबजारको ७ लाख आना पर्ने ४ आना जग्गा समेत दान गरि यस भागवतमा सबै भन्दा बढी दानदाता बन्नु भयो । यस्तै दोश्रोमा बद्री लम्सालले १ लाख २५ हजार ५ सय २५ नगद दान गर्ने सुचिमा पर्नुभएको छ । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कथा धादिङबासीका चिर परिचित बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले वाचन गर्दै आउनु भएको छ ।
धार्मिक महोत्सव भएको पशुपति मन्दिर परिषरमा भएको निशुल्क निःशुल्क मधुमेह स्वास्थ्य शिविर मा विहिबार प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भट्टरार्ईले समेत मधुमेह प्ररिक्षण गराएका थिए । “स्वस्थ भविष्य हाम्रो अधिकार” भन्ने मूल नाराका साथ सुरु निशुलक स्वास्थ्य शिविर हर्ड इन्टरनेशनल ले गरेको दिनेश तिमल्सेनाले बताए ।