धादिङबाट दाह्रीबाललाई चितवन पठाईयो

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २२, २०७४

धादिङबेसी कात्तिक २२ । विगत ३ वर्ष देखि धादिङ सदरमुकाम वजारमा घुमी रहने मानसिक सन्तुलन गुमाएका भारतीय नागरिकलाई आज प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख धुव्रराज रावतले उद्धारका लागी चितवन तर्फ विदाई गरेका छन् ।

एघारौं सार्क सम्मेलन अगावै राजधानी सफा राख्न काठमाण्डौं प्रहरीले २ दर्जन मानसिक सन्तुलन गुमाएका र दर्जनौं भुस्याहा कुकुरहरुलाई पृथ्वी राजमार्गमा ल्याएर अलपत्र छोडेको थियो ।

भारतको विहार स्थित मोतिहारी जिल्ला मदुवा घरभै काठमाण्डौंको ठूलो व्यापार घाटा लागे पछि मानसिक सन्तुलन गुमाएका परोखरामको नाती समुदिन रामको छोरा अन्दाजी ५० वर्षीय विन्दाराम लाई प्रहरीले सरसफाई गरि आवस्यक कपडा को समेत व्यवस्था गरि चितवन भरतपुर स्थित मानव सेवा आश्रममा संरक्षणको लागी पठाएकोछ ।

विन्दारामलाई प्रमुख जिल्ला अधिकारी शयमप्रसाद भण्डारीले माला लगाई विदाई गरेका थिए । धादिङपोष्टका लागि फोटा सौजन्यः हरिहर राठौंर