धादिङबेसी कात्तिक २२ । निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ प्रयोग हुने नमूना मतपत्र सार्वजनिक गरेको छ ।
पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ। यसपटक आयोगले उम्मेदवारी दिएका दलको मात्र चिह्न राखेकाले मतपत्र निकै छरितो बनेको छ ।
यस्तो बन्यो धादिङको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको नमुना मतपत्र