धादिङबेसी कात्तिक २२ । धादिङबेसी स्थित पशुपति मन्दिर परिसरमा कात्तिक १६ गते देखि सुरुभएको धार्मिक महोत्सव तथा श्रीमद भागवतमा ११ लाख ५० हजार दान प्राप्त भएको छ ।
मन्दिर परिसरमा निर्माणाधिन रहेको बृद्धाआश्रम निमार्णको लागि सुरुभएको धार्मिक महोत्सव श्रीमदभागवत तथा कात्तिक मेलामा भत्तदजनहरुबाट प्राप्त दान ११ लाख ५० हजार पुगेको हो ।
श्रीमदभागवत सुरुभएको छैटौं दिन सम्म आईपुग्दा भत्तजनहरुको संख्या झनै बढेर गएको देखिन्छ भने दानपनि बढेर गएको छ । छैटौं दिनमा मात्र ११० जनाले ५ हजार भन्दा बढी दान गरेका थिए । जसमा भुतपूर्व भारतिय सेना नीलकण्ठ १२ निवासी अक्कलबहादुर गुरुङले आफ्ना स्वर्गिय माता पिताको सम्झनामा ६४ हजार ९९९ रुपैया दान गर्नु भएको थियो ।
पाँचौ दिनको दिन निलकण्ठ १२ का केशव रिजाल र अम्विका रिजाल दम्पतले १ लाख ११ हजार १ सय नगद सहित धादिङबेसी पुछारबजारको ७ लाख आना पर्ने ४ आना जग्गा समेत दान गरेका थिए ।
भागवतको अन्तिम दिन बिहिबार विशेष हुने बताईएको छ। भत्तजनहरुलाई लाखबत्ती बल्ने कार्यक्रम रहेको आयोजकले बतायो । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कथा धादिङबासीका चिर परिचित बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले वाचन गर्दै आउनु भएको छ ।