धादिङ कात्तिक २१ । नेपाली राजनितिलाई बैकल्पित धारमा लिँदै आएको नयाँ शक्ति पार्टी नेपाल धादिङले पुराना सबै पार्टीहरुलाई उछिन्दै २ जना महिला सहित ६ जनाको नाम समानुपातिक सुचिमा दर्ज गराएको छ ।
माओवादी केन्द्रबाट यसअघि समानुपातिक सभाषद भै सकेका बिरबहादुर तामाङ यस पटक पनि समानुपातिक सुचिमै परेका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ र यस क्षेत्र भित्र पर्ने प्रदेशमा प्रत्यक्ष चुनाव लडेको नयाँ शक्तिले क्षेत्र नम्बर २ र यस भित्रको प्रदेश १ मा लोकतान्त्रिक गठबन्धनलाई सघाएको छ ।
प्रतिनिधि सभामा बिरबहादुर तामाङ र रिम बसेल, प्रदेशमा डा.राजेन्द्र केसी, सृजाना रिजाल, राम ढकाल र निककिता तामाङ समानुपातिक सुचिमा परेका छन् । राम ढकाल पूर्व जनमुक्ति सेना हुन्भने सृजना रिजाल जनयुद्धकालिन नेता हुन् ।