धादिङबेसी कात्तिक २१ । धादिङका अन्य पार्टीमा जस्तै गम्भीर आलोचना खेप्नु परेको नेपाली काँग्रेस धादिङले पनि समानुपातिकमा महिलालाई अन्याय गरेको छ । अन्य पार्टीको तुलनामा धेरै जनालाई समानुपातिकमा राखेको नेपाली काँग्रेसलेप्रतिनिधि सभामा धादिङ काँग्रेसका पुराना नेता हरि अधिकारीलाई प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सुचिमा राखेको छ ।
काँग्रेस धादिङले सामनुपातिकमा अधिकारीलाई राखेकोमा धेरैले सुझबुझ पूर्ण निर्णय भएको टिप्पणी गरेका छन् । यस्तै डा. राजाराम कार्की प्रदेश तर्फको समानुपातिक सुचिमा परेका छन् भने तरुण दलको साङ्गठानिक पृष्ठभुमिबाट आएका युवा नेता गोपाल विश्वकर्मा पनि प्रदेशको सुचिमा परेका छन् ।
यस्तै अर्का यस्ता पात्र समेत प्रदेशको सुचिमा परेका छन् ति पत्रलाई धादिङका अधिकाँक्ष काँग्रेस कार्यकर्ताले नै चिन्दैनन् । सिधै केन्द्रबाट प्रदेशको समानुपातिक सुचिमा परेको आकलन गरिएका व्यक्ति सिताराम केसी हुन् । यसरी काँग्रसले केन्द्रमा १ र प्रदेशमा ३ जना सुचिमा राख्न सफल भएको छ ।