धादिङ कात्तिक २१ । नेपाली काँग्रेस धादिङ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि आक्रामक प्रचार शैलिमा प्रस्तुत हुन थालेको छ । बाम गठबन्धनको प्रेसरमा रहेको काँग्रेस धादिङ बर्षौ देखिको आन्तरीक किचलो थाँती राख्दै काँग्रेसले एकताको सन्देश दिन सुरु गरेको छ ।
हरेक चुनावी कार्यक्रममा बाम गठबन्धनका ठुला साना कार्यकर्ता प्रवेश गराउने गरेको छ । चैनपुर, सुनौलाबजार हुँदै सोमबार नीलकण्ठ नगरपालिका वडा नंं ६ नवलपुरमा एमाले÷माओवादीका ५० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसले प्रवेश गरायो ।
यसले के दखाउँ छ भने बाम गठबन्धनका नेता कार्यकर्ता एकाध मात्र चुनावी अभियानमा लागेका छन्, एकताले जित सुनिश्चित भएको ठान्दै ढुक्छ छ, कार्यकर्ताहरु लाई परिचालन पनि गरेको देखिँदैन यस्तो स्थितिमा काँग्रेसले आफ्नो पक्ष्यमा माहौल सृजना गर्दै जानु चुनावको नतिजाले सुतेको बाम गठबन्धनलाई विउँझाउन पनि सक्ने अड्कल काट्न थालिएको छ ।
सोमबार नीलकण्ठ ६ नवलपुर, सुनौलाबजार, देउराली छाप, नीलकण्ठ वडा नं.५ लगायतका स्थानहरुमा कोणसभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (क) का उमेद्वार रमेश धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसको पक्षमा बाक्लो जनलहर उपस्थित थियो । धमलालेजनताको लागि विकास चाहने योग्य नेता आफु भएको कुरा प्रष्ट्याउँदै जनतालाई दुख परेको खण्डमासदा सहयोग गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबध्दता गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति रामनाथ अधिकारी, नेपाली कांग्रेसका नेता, नीलकण्ठ नगर प्रमुख भिमप्रसाद ढुंगाना, महासमिति सदस्य झंकनारायण श्रेष्ठ, महासमिति सदस्य कल्पना अधिकारी लगायतका नेताहरुले कार्यक्रममा नेपाली कांग्रेसलाई किन जिताउन जरुरी छ भन्ने कुरा प्रष्ट पार्नुभयो ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ सल्यानटारमा पनि चुनावी प्रचार प्रसार अभियान तीव्र रुपमा अगाडि बढेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ आरुघाट विशालनगर, वडा नं.१.बुटटार र रानीपौवामा उमेद्वार मतदाता भेटघाट एवं कोणसभा कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा उमेद्वार दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनताको सुझाव,सल्लाह तथा गुनासो सुनुवाइ भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (ख)का उमेद्वार डम्बर तामाङ,राप्रपाका नेता पूर्व मन्त्री बुद्धिमान तामाङ, नेपाली कांग्रेसका नेता तिलक रुवाली, वासु तिमल्सेना,फडिकान्त छत्कुली, नेपाली कांग्रेस धादिङका सचिव हरिराम बुर्लाकोटी, योग बहादुर गुरुङ लगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।