बाम गठमन्धनको लापामा भव्य कार्यक्रम

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २१, २०७४

धादिङ कात्तिक २१ । उत्तरी धादङ रुबीभ्याली गाउँपालिका अन्तरगत लापामा बाम गठबन्धनको भव्य चुनावी सभा सम्पन्न भएको छ ।

धादिङको उत्तरी क्षेत्र बामगठबन्धनको कमजोर क्षेत्रको आँकलन गरिए पनि चुनावी सभामा भव्य जनसहभागीता रहेको कार्यक्रमका सहभागिहरुले बताए ।

मओवादी जनयुद्धको उद्गम स्थल लापामा चुनावी सभामा सम्बोधन गर्न सोमबार धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार खेम लोहनी र सोहि क्षेत्रको प्रदेश २ का उम्मेदवार जगत सिंखडा, पूर्व संसद धनबहादुर घले, इन्दिरा ढुङ्गाना, नारायण कार्की, उमेश थापा र माओवादी केन्द्रका रामसिंह तामाङ मिम्बा तामाङ लगायतका नेताहरु पुगेका थिए ।