काँग्रेसमा प्रवेशको लहर चैनपुर पछि सुनौलाबजारमा सयौँको प्रवेस

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २०, २०७४

धादिङ, कात्तिक २० गते । लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरि रहेको नेपाली काँग्रेसमा प्रवेस गर्नेहरुको लहर नै चल्लन थालेको छ ।

धादिङको एमाले गढको रुपमा चिनिएको ज्वालामुखी चैनपुर पछि नीलकण्ठको सुनौलाबजार भोर्लेमा नेकपा एमाले र एकीकृत माओवादी परित्याग गरी सयौँ जना नेपाली काँग्रेस प्रवेश गरेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा आइतबार भएको नीलकण्ठ नगरपालिकाको वडा नं ६ भोर्लेमा आयोजित एक कार्यक्रममा सरिता रोका लगायत १०१ जना नेकपा एमाले र एकीकृत माओवादी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

नेकपा एमाले र एकीकृत माओवादी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नेहरुलाई नेपाली काँग्रेस धादिङका सभापति एवम् धादिङ प्रतिनिधि सभा २ प्रदेश सभा १ का नेपाली काँग्रेसका उम्मेदवार रमेश धमला, नेपाली काँग्रेस धादिङका पूर्व सभापति एवम् पूर्व सांसद रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुँगाना लगायतले साधरण सदस्यता, अविर, खादा लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार रमेश धमलाले नेपाली काँग्रेसको अडान, लोकतन्त्र प्रतिको विश्वास र विगतमा नेपाली काँग्रेसले गरेको त्याग र बलिदानीलाई सम्झनेहरु अब लोकतान्त्रिक गठबन्धनमा आउनु विकल्प नरहेको बताउनु भयो । काँग्रेसले सधैँ इमानको राजनीति गरेको बताउँदै धमलाले काँग्रेस हुनेहरुले काँग्रेस बनेकोमा जीवन पछुताउनु नपर्ने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता रामनाथ अधिकारीले जनताको ढुकढुकीबाट जन्मिएको पार्टी नेपाली काँग्रेसले सधै जनअपेक्षित काम गरेको बताउँदै बामपन्थीहरुले देशमा प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र बुनेकाले त्यसलाई परास्त गर्न लोकतन्त्रमा विश्वास गर्नेहरु अब काँग्रेसको पक्षमा आउनु पर्ने बताउनु भयो । सोही कार्यक्रमम नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुँगानाले विकासका लागि अब काँग्रेसको विकल्प नरहेको बताउँदै गाउँठाउँका समस्याका लागि जनप्रतिनिधिका हिसाबले आफूले पक्षपात नगरी काम गर्ने बताउनु भयो ।

पार्टी प्रवेश गरेपछि स्थानीय सरिता रोकाले आफूहरुले कम्युनिष्ट भएर बस्दा सधैँ हेपिएर बस्नु परेको गुनासो गरेका थिए । रोक्काले देशमा प्राप्त लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसको विकल्प नरहेको बुझेकाले आफूहरु पार्टी प्रवेश गरेको बताउनु भयो । सधैँ जातिय विभेदको नारा लगाएर विभेद गरिरहने कम्युनिष्टहरुबाट समाजको विकास हुन नसक्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य झँकनारायण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि भोजबहादुर परियार, क्षेत्रीय सभापति देवी कोइराला, नीलकण्ठ नगरपालिकाका अध्यक्ष शंम्भुसिँह ठकुरी, नेविसंघका अध्यक्ष ईश्वर अधिकारी, महिलासंघका अध्यक्ष अम्बिका अधिकारी, सुनबहादुर श्रेष्ठ, कमल रिजाल, गौतमहरि अधिकारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । आजै रमेश धमला लगायतको नेपाली काँग्रेस, नयाँ शक्ति नेपाल, राप्रपा नेपाल लगायतको टोलीले तल्लोबेसी, निवुवाँस्वारा, तारुखर्क, कुसण्डेलगायतका स्थानमा घरदैलो र कोणसभा गरेको थियो ।