धादिङबाट माओवादी केन्द्रका ३ नेता समानुपातिक सुचिमा

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १९, २०७४

धादिङबेसी कात्तिक १९ । नेकपा माओवादी केन्द्र धादिङका तीन जना नेता निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकको सुचिमा परेका छन् ।

माओवादी केन्द्र धादिङका जिउँदा सहिदका रुपमा परिचित जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारी, मिम्बा तामाङ र कृष्ण थपालिया सुचिमा परेका हुन् ।

दुई छोरा हाल सम्म पनि वेपत्ता रहेका रामबहादुर भण्डारी माओवादी केन्द्रले पठाएको प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सुची अनुसार ३० औं नम्बरमा र प्रदेश सभा ३ को सदस्यका लागि ८ औं नम्बरमा मिम्बा तामाङ र २६ औं नम्बरमा अर्का सहिद परिवार सदस्य कृष्ण बहादुर थपलिया सुचिमा परेका छन् ।

रामबहादुर भण्डारीलाई माओवादी केन्द्रले ०७४ को दाश्रो संविधानसभाको निर्वाचनमा पनि समानुपातिक सुचिमा राखेको थियो तर सभासदमा भने रविन्द्र प्रताप शाहलाई बनाए सँगै धादिङमा विवादले चरम रुप लिएको थियो ।