काँग्रेस राप्रपाको निर्वाचन परिचालन समिति गठन

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १८, २०७४

धादिङ कात्तिक १८ । नेपाली काँग्रेस, राप्रपा (लोकतान्त्रिक) गठबन्धनले त्रिपुरासुन्दरी गॉंउपालिकामा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलको त्रिपुरासुन्दरी गॉंउपालिका स्तरीय संयुक्त भेला बसी नेपाली कांग्रेसका नेता वासु तिमल्सिनाको संयोजकत्वमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठनगरी गॉंउपालिकाको ७ वटै वडामा वडा संयोजक तोकी उनीहरूको नेतृत्वमा वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

कार्तिक २१ गतेबाट यस गॉंउपालिकाको वडा न. ३ मा साविकको मुलपानी गाविसबाट प्रतिनिधिसभाको उम्मेद्वारमा दिलमान पाख्रिन र प्रदेशसभा उम्मेद्वार डम्वर तामाङ सहितको उपस्थितिमा उम्मेद्वार मतदाता भेटघाट कार्यक्रम संचालन हुने भएकोले सो कार्यक्रमलाई प्रभावकारी बनाउनको लागी पार्टीको सबै संरचना संचालन गरिने जानकारी नेपाली कांग्रेस जिल्ला सदस्य नवराज तिमल्सिनाले दिनुभयो ।