धादिङबेसी कात्तिक १७ । धादिङबेसी स्थित पशुपति मन्दिरमा मन्दिर परिषरमा बृद्धा आश्रमको निर्माणा धिन भवन सम्पन्न गर्न धार्मिक महोत्सव २०७४ तथा कार्तिक मेला आज तेश्रो दिन १ लाख भन्दा बढी नगद दान प्राप्त भएको छ ।
बृद्धा आश्रमको निर्माणा धिन भवन सम्पन्न गर्न धार्मिक महोत्सव अन्तरगत भागवतको आज तेस्रो दिन भत्तजनहरुले नगद १ लाख १८ हजार १२९ जम्मा भएको हो ।
सबै भन्दा बढी नीलकण्ठका यज्ञप्रसाद हुमागाईले २३ हजार १०१ स्पैया दान गर्नुभएको थियो । नीलकण्ठ १२ साङ्कोष पशुपति मन्दिर परिषरमा बिहिबार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ को कथा वचन गर्दै धादिङबासीका चिर परिचित बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले श्रीमद्भागवतको कथा हिन्दुमात्रले हैन सबै जातजाती र अन्य धर्मालम्बी पनि सुन्न आग्रह गर्नुभएको थियो ।
कथाको बीचबीचमा हुने भजन र नाटकहरुले भत्तजनहरुमा झनै धार्मिक स्फुति बढ्ने गरेको देख्न सकिन्छ । धार्मिक महोत्सव पशुपति मन्दिर परिषरमा जिल्ला स्वास्थ्य कार्यालय धादिङले निशुल्क औंलो ९सुगर० रोग परिक्षण समेत गर्दै आएको छ ।
शनिबार प्राप्त दानको विवरण