चैनपुरमा २७ एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०७४

चैनपुर कार्तिक १७ । ज्वालामुखी गाउँपालिका अन्तर्गत चैनपुरको पूर्व वर्डा अध्यक्ष सहित २७ एमाले युवा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा १ को घरदैलो कार्यक्रमको शिलसिलामा चैनपुरमा भएको कार्यक्रममा पूर्व वाड अध्यक्ष बलराम धरेल लागयतका २७ जना युवा एमाले परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस प्रवेश गर्नेमा चैनपुरका रुद्र बहादुर राना, भीम बहादुर राना, रमेश आले, सूर्य वहादुर राना, राम कुमार आले, रविन आले, राज आले, सुजन आलेमगर, सविन राना, सागर आलेराना, पूर्ण बहादुर राना, रुपेश आले, राम बहादुर आले, संगम राना, धन बहादुर नेपाली, नारायण नेपाली, सविन आले, श्याम राना, चन्द्र मानन्धर, हिरा गुरुङ, सगुन गुरुङ, मिलन गुरुङ, प्रकाश आले, देव मास्की, मिलन राना रहेका छन् ।

प्रवेश हुनेहरुलाई नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमला, पूर्व सभापति रामनाथ अधिकारी लगायतका नेताहरुले खादा, अबिर र सदस्यता प्रदान गरेका थिए । प्रवेश गर्ने युवाहरुले नेकपा एमालेले राष्ट्रियतालाईं कमजोर बनाउँदै लगेको, लोकतन्त्रलाई धराशयी बनाउँदै लगेको र विकासको एजेण्डा नबोकेर व्यक्तिगत स्वार्थमा फसेको आरोप लगाएका थिए ।

कार्यक्रममा पूर्व मन्त्री एवम् नयाँ शक्ति पार्टीैका नेता कल्पना धमला, नेपाली काँग्रेसका नेता एवम् नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुँगाना, नेपाली काँग्रेसका महासमिति सदस्य यमनाथ दनै, झंकनारायण श्रेष्ठ, नयाँ शक्तिका जिल्ला नेता नन्दप्रसाद काप्री, नेपाली काँग्रेसका जिल्ला सदस्य नरेन्द्र भट्ट, रामप्रसाद अधिकारी, नेविसंघका अध्यक्ष ईश्वर अधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।