के भन्छन् ? यी धादिङका चार उम्मेदवार

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०७४

नेपाली जनताको लामो संघर्ष पछि जनताको प्रतिनिधि मार्फत संविधान निमार्ण कार्य सम्पन्न भएको छ । संविधान जारी भए पश्चात केही कानून निमार्ण भई कार्यान्वयन भएको छ । संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै प्रतिनिधि सभा र पहिलो पटक प्रदेश सभाको निर्वाचन मंसिर १० र २१ गते हुर्दै छ । संविधान पूर्ण कार्यान्वयनको नारा दिएको निर्वाचनमा राजनीति बाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनमा विभाजित भएको छ । आम जनताले राजनीति ध्रुविकरणले हुदाँ देशले निकास पाउने र मुलुक आर्थिक सम्वृद्धि तर्फ लम्कने कालन गरेकाछन् । धादिङ जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यका लागि मंसिर १० गते निर्वाचन हुदैंछ । जिल्लामा ११५७९६ महिला ११७७०८ पुरुष सहित २२३५०५ मतदाता रहेकाछन् । निर्वाचन क्षेत्र नं. १ मा ११८१५० र नर्विाचन क्षेत्र नं. २ मा ११५३५५ मतदाता रहेकाछन् । निर्वाचनमा आफुले नै जित्ने दावी सवै उम्मेदवारले गरेकाछन् । निर्वाचनमा केन्द्रीय गठवन्धन अनुसार बाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन कार्यान्वयनमा ल्याएकाछन् । यस सन्र्दभमा धादिङका प्रतिििनधि सभा सदस्यका उम्मेदवारहरु संग कुराकानी ।

संविधान कार्यान्वयन मार्फत आर्थिक सम्वृद्धि: विश्व प्रसाद अर्याल
आमा कृष्णकुमारी र बुवा कृष्ण प्रसाद अर्यालबाट धादिङ जिल्लाको भुमेस्थानमा २०२५ साल चैत्र २६ गते जन्मेका विश्व प्रसाद अर्याल २०४६ सालमा राजनीति यात्रा समाहितमा भएका हुन ।पत्रकारिता विषयमा स्नातक गरेकाछन् । हाल नेपाली कांग्रेस धादिङबाट महासमिति सदस्य र नेपाल पेट्रोलियम डिलर तथा ढुवानी एसोसिएशनका महासचिव अर्याल धादिङ निर्वाचन क्षेत्र नंं १ बाट नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएकाछन्
जनताको लामो संर्घष पछि जनताको प्रतिनिधिहरुले निमार्ण गरेको लोकतान्त्रिक संविधान कार्यान्वयन गरि देश र जनताको आर्थिक सम्वृद्धिमा सहयोग प¥याउने । वाम गठवन्धनले चुनाव लक्षित गठवन्धन गरी देशलाई अधिनायकवाद निम्त्याउन खोजेको छ । वाम गठवन्धन गरी चुनाव जितेर संविधान संधान गरेर कम्युनिष्ट अधिनायकवाद लाद्ने र लोकतान्त्रिक शक्तिलाई पाखा लगाउन खोजेकोले वाम अधिनायकवाद रोक्न मेरो प्रतिधिनिाई सभा सदस्यमा उम्मेदवार भएको छु ।
धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र राजमार्गमा पर्ने भएकाले र काठमाण्डौ नजिक रहेकाले औद्योगिककरणको असाध्यै सम्भावना रहेको छ । औद्योगिककरणको केही नमूनाहरु बनीसकेकाछन् । तिनीहरुलाई व्यवस्थापन र विस्तार गर्न आवश्यक छ । त्यसको ठोस योजना बनाएर औद्योगिक क्षेत्र विस्तार गर्न सकिन्छ र गर्न आवश्यक छ । पेट्रोल पम्प, ग्याँस भण्डार, सिमेण्ट उद्योग, इट्टा मट्टाहरु सञ्चालनमा छन् । स्वदेशी पूँजीले मात्र हामीले चाहेजति विकास सम्भव छैन । त्यसका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक छ । त्यो लगानी भित्र्याउन व्यावसायी र लोकतान्त्रिक सरकारले मात्र सक्छ ।
यस क्षेत्रका अधिकांश किसानहरु व्यवसायिक कृषिमा लागेको कृषि अर्को औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । कृषिको औद्योगिक विकासका लागि आधुनिकिकरण, औजारिकरण गरी किसानहरुको जीवनस्तर उकास्ने योजना छ ।
वैशाख १२ को विनासकारी भूकम्पले अधिकाशंलाई घरवार विहिन बनाएको छ । घरवार विहिनलाई घर भित्र राख्ने योजना छ । १ वर्ष भित्र सवै भूकम्प पिडितलाई घरमा बसाउन विषेश योजना बनाएर कार्यान्वयनमा उत्रने छु । शिक्षा स्वास्थ्य रोगजारीको सवै जनातकोृ पहुँचमा पु¥याउन निरन्तर लागिरहने छु । विकासको महत्वपूर्ण पाटो उर्जा तथा विद्युत हो । त्यसका लागि धादिङले प्राप्त गरेको अवसर बुढीगण्डकी जलाशययुक्त बुढीगण्डकी आयोजना निमार्ण महत्वपूर्ण छ । आयोजनाबाट विस्थापितहरुलाई मुअव्जा वितरण र उचित वसोवासको व्यवस्था मिलाउन महत्वपूर्ण गर्ने छु । आयोजना निमार्णमा शसक्त दवाव सृजना गर्ने, वहस गर्ने, मुअब्जा वितरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्षम छु । यी काम गरे छाड्छु । आयोजना निमार्ण पछि धादिङ पर्यटनको मूख्य केन्द्र बन्ने भएकाले हुदाँ पूर्वाधार विकास गर्नु पर्ने हुन्छ । त्यसको लागि पदयात्राका लागि चौडा गरेटो, विश्रामस्थल, आवास गहृ तथा होटलहरुको पूर्वाधार निमार्ण गर्ने योजना बनाएको छु । काठमाण्डौ आर्लेका १० प्रतिशत पर्यटक धादिङ भित्र्याउने योजना अघि बढाउने छ । लोक्तात्रिक संविधान कार्यान्वयन मार्फत धादिङको आर्थिक सम्वृद्धिका लागि प्रतिनिधि सभा सदस्यको लागि मेरो उम्मेदवारी भएको आम मतदाता समक्ष अपील गर्दछु ।

पूननिमार्ण पहिलो प्राथमिकता: भुमी प्रसाद त्रिपाठी
आमा दुर्गादेवी र बुवा गंगादत्त त्रिपाठीबाट धादिङ जिल्लाको मलेखुमा २०२४ साल असार २३ गते जन्मेका भुमी प्रसाद त्रिपाठी २०३६ सालमा विद्यार्थी आन्दोलनबाट राजनीति यात्रा समाहितमा भएका हुन । राजनीति यात्रासंगै औपचारिक अध्ययनलाई समेत निरन्तरता दिई कानूनमा स्नातक र राजनीति शमस्त्रमा स्नाकोत्तर गरेकाछन् । हाल नेकपा एमाले जिल्ला कमिटी धादिङका कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नंं १ बाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएकाछन्
भुकम्प पिडित जनताहरुको अहिलेपनि टहरामा रहेकाछन् । उनीहरुलाई सुरक्षित स्थानमा भुकम्प प्रतिरोधी आवास निमार्ण गर्ने काम पहिलो प्रथामिकता राखेर काम गर्ने छु । अझपनि केही परिवारहरुको लाभग्राहीमा नाम छुटेको छ । ती छुटेका परिवारहरुलाई पनि लाभग्राही सुचिकृत गरि पूर्ननिमार्ण महासभियानमा समाहित गरिने छ । सवै परिवारलाई स्वच्छ खानेपानी र पूर्ण सरसफाई युक्त क्षेत्र बनाउने काम कार्यकाल भित्र गर्नुे छ ।
जनजीविकासंग जोडिएका आधारभुत आवश्यकताहरु खाद्य, आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली र सडक सर्वसाधरणको पहुँचसम्म पु¥याउने छु । संविधानले व्यवस्था गरेको भौलिक हकहरु कानून बनाएर न्यायमा सर्वसाधरणको पहुँचसम्म पु¥याउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । विहान वेलुकाको खाद्यन्न परिपूर्ति मात्र नभई गरीवीका रेखामुनी रहेका मानिसहरुलाई सहज जीवनपायन गर्न सक्ने गरी कृषिको व्यावसायिककरण, स्वारोजगार सृजना, घरेलु उद्योगको प्रर्वधन गर्ने किसिमका योजना तर्जुमा तथा कार्यान्वयन गर्ने छु । निर्वाचन क्षेत्रस्तरी सरकारी अस्पताल बनाउने छु । प्रत्येक वडास्तरमा स्वास्थ्य केन्द्र बनाउने छु ।
न्यूनवर्गिय किसान तथा चेपाङ समुदाय जो विकासको मूलप्रवाह वाहिर रहेकाछन् उनीहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहभातिामूलक योजना तर्जुमा गरि कार्यान्वयन गर्ने छु । धादिङ निर्वाचन क्षेत्र नं. २ पृथ्वीराजमार्ग आसपास पर्ने भएकाले यहाँ किसानहरु तरकारी तथा फलफूल खेती गर्दै आएकाछन् । अझ व्यावसायिकिकरण गर्न आधुनिक कृषि औजार , मल, वीउ र नगद अनुदान दिएर कृषिको औद्योगिकरण गर्ने र सवै परिवारको आर्थिक समवृद्धि गर्नु मेरो मूख्य भूमिका हुने छ । धादिङको खाद्य, तरकारी तथा फलफूल अग्यानिक उत्पादन गरि काठमाण्र्डौ, पोखरा सहितका शहरमा विक्री गर्न खानीखोला धार्के महादेववेही सिम्ले, वैरेनी, आदमघाट, घाटवेशी, गजुरी, मलेखु, रिचोकटार, सलाङघाट, वेनीघाट, चरौदी मझिमटारमा संकलन केन्द्र र उत्पादन बढी गर्ने स्थानमा शितभण्डार समेत निमार्ण गर्ने व्यवस्था मिलाउने छ । पृथ्वीराजमार्ग भएर अहिलेपनि आन्तरिक तथा बाह्रय पर्यटक आवतजावत गर्छन । उनीहरुलाई महाभार लेक तोप्लाङ, वैकुण्ठ कान्द्राङ गदी हुदैं जागिमारासम्मको पदयात्रा, छत्रेदेउराली, गुप्तेश्वर हुदैं सिद्धालेकसम्म पनि पदमार्ग निमार्ण गर्ने र ठाँउठाउमा होमस्टे निमार्ण तथा सञ्चालन गर्ने व्यवस्था मिलाउने । निजी तथा व्यावसायिक गाडीमा सवार गर्ने पर्यटकका लागि पाँचतारे होटल स्तरका रेष्टुरेष्ट तथा पार्क निमार्ण गर्ने र मलेखुको माछा बजार प्रर्वद्धन गर्न स्थानीय स्तरमा पाछापालन व्यवसाय विस्तार गरिने छ । होटल सञ्चालकलाई व्यवस्थापन तालिम अनिर्वाय गरिने छ । त्रिुली नदी हाम्रो सम्पदा हो । त्यसको संरक्षण र प्रर्वद्धन गरेर आर्यआर्जजन गर्न जलयात्र गर्ने व्यवस्थाका लागि पार्कतिक बाढी बाहेकको समय त्रिशुलीलाई प्राकृकि रुपमा बग्न दिने व्यवस्था मिलाउने छु ।
जमिनको वगिृकरण गरि कृषि, वन, औद्योगिक, वजार क्षेत्र निर्धारण गर्ने काम प्राथमिकताका साथ अघि बढाउछु । जसबाट उद्योगी व्यावसायीलाई प्रत्यक्ष लाभ पुग्ने छ । राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका क्रसर तथा फिरफिरेलाई निश्चित स्थान तोकी आधुनिक प्रविधिको प्रयोग गरी वातावरण मैत्री बनाइन व्यवस्था मिलाउने छु । राजमार्ग क्षेत्रमा सञ्चालित उद्योगहरु उचित तरिकाले व्यवस्थापन गर्ने कार्ययोजना बनाउने ।
राष्ट्रिय गौरवको आयोजना धादिङ सम्वृद्धिको ढोका हो । आयोजना निमार्णको लागि मुअव्जा निर्धाराण भएका हकमा २ वर्ष भित्र मुअव्जा वितरण र मुअव्जा निर्धारण हुन वाँकी क्षेत्रको मुअव्जा छ महिना भित्र निर्धारण गरिने छ । धादिङ र गारेखाका जनता प्रत्येकले शेयर हाल्न पाउने व्यवस्था का लागि पहल गर्ने छु । ओजनाबाट विस्थापितहरुको वसोवासको लागि आयोजनाको चक्रपथ मित्र व्यवस्था मिलाउने र एकिकृत वस्ती विकास कार्यक्रम बनाउने छ । चीन र भारत जोड्ने मध्ये क्षेत्रको छोटो बाटो रसुवागढी गल्छी–मलेखु ठोरी सडक निमार्ण कार्य ५ निमार्ण कार्य शुरु गर्ने र चीनको केरुङ–पोखरा–लुम्वीनी रेलवे निर्माण कार्यमा रणनीतिक सहयोग पु¥याउने छु । देशको वतमार्न आवश्यकताले कम्युनिष्ट पाटीहरु वीच गठनन्धन भएको छ । यो कांग्रेसहरुले भनेजस्ता अप्राकृतिक होइन । कम्युनिष्टहरु एक ठाँउमा हुँदा कांगे्रस कमजोर हुने भएकाले अपवित्र गठवन्धन भनेका हुन । कम्युनिष्ट गठवन्धनले संविधान कार्यान्वय, देश र जनताको सम्वृद्धिका लागि हो । देश र जनताको सम्वृद्धिमा सहयोग गर्न प्रतिनिधि सभा सदस्यमा मेरो उम्मेदवारी भएको आम मतदाता समक्ष अपील गर्दछु ।

संविधान कार्यान्वयन पहिलो प्राथमिकता: दिलमान पाख्रिन
आमा सन्तमाया र बुबा दामन पाख्रिनकाट धादिङ जिल्लाको सत्यदेवीमा २०१७ साल भदौ १५ जन्मेका दिलमान पाख्रिन वाल्य कालदेखि नै सालमा राजनीति यात्रा समाहितमा भएका हुन । माध्यामिक शिक्षा हासिल गरी व्रिटिस गोर्खामा १५ वर्ष सेवा गरेका पाख्रिन २०५६ सालबाट सक्रिय राजनीतिमा छन् । हाल नेपाली कांग्रेस धादिङको महासमिति सदस्य एवं कानुन न्याय तथा राज्य व्यवस्था मन्त्री रहेकाछन् । पाख्रिन धादिङ निर्वाचन क्षेत्र नंं २ बाट नेपाली कांग्रेस, राष्ट्रिय पजातन्त्र पार्टीको गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएकाछन्
लामो संघर्षबाट जनताको प्रतिनिधिहरुबाट लेखिएको संविधान कार्यान्वयन पहिलो प्राथमिकतामा राखेर भोट माग्नेछु । संविधान कार्यान्वयन गर्ने क्रममा भौतिक पूर्वाधार नियमित कार्यक्रममा पर्छ । मेरो निर्वाचन सुगम र दुर्गम दुवै पर्छ । सुगम र र्दुगम जोड्न मोटरबाट आवश्यक हुन्छ । धादिङ तिप्लिङ सडक प्राथमिकताका साथ निमार्ण गर्ने र अन्य वस्तीस्तरमा समेत सडक विस्तार गर्छु । भूकम्प पछि खानेपानी समस्या देखिएको भएकाले समाधानका लागि योजना अघि सार्छु ।
हिमाली क्षेत्रमा पाईने गडीवुटी संकलन तथा प्रशोधन र प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउछु । जसका कारण हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायलाई राजगारी तथा आर्थिक सम्वृद्धिमा वल पुग्ने छ । रुवीभ्यालीमा पाइेने रत्न पत्थरसंकलन तथा प्रशोधन उद्योग सञ्चालनको व्यवस्था मिलाउने छु । त्यसबाट राज्य र जनतालाई प्रत्यक्ष पाईदा पुग्ने छ ।
कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने जनचाहना अनुसार कार्यक्रम ल्याउने र यूवाहरुलाई स्वदेशमै रोजगार बनाउन सकिन्छ । उत्तरी भेगमा चौरी, भेडा उत्तरपश्चिम र मध्ये भेगमा बाख्रको राम्रो सम्भावना छ । काठमाण्डौको बजार नजिक रहेकाले बाख्रा व्यावसायिक बनाउन सकिन्छ । स्थानीय स्तरमा रोजगार सृजना हुन्छ ।
बुढीगण्डकी हाइड्रापावर सुस्त गतिमा शुरु भएको छ । बुढीगण्डकी राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना निमार्ण भए मात्र धादिङको सम्वृद्धि हुन्छ । त्यस कारण आयोजना निमार्णमा मेरो सक्रिय रहने छ । आयोजना क्षेत्र भित्रका डुवान तथा प्रभावित जग्गाधनीलाई उचित मुअव्जा र उचित वसोवासका व्यवस्था मिलाउन सक्रिय रहन्छु ।
नेपाली कांगे्रस देशको पुरानो र प्रजातान्त्रिक शक्ति हो । यो शक्तिलाई पछि पार्न ६०÷४० प्रतिशत माग लगाएर एमाले र माओवादी केन्द्र चुनावी गठवन्धन गरेकाछन् । नेपाली कांगे्रसले पनि संविधानको कार्यान्वयन र देशको रक्षाको लागि लोकतान्त्रिक शक्तिहरु चुनावी तालमेल गरेको हो । लोकतान्त्रिक गठवन्धनको टुट्टाछुट्टै घोषण पत्र छ । वाम गठवन्धनको संयुक्त घोषण पत्र छ । यसबाट कम्नियुष्ट अधिनायकवाद लाद्न खोजेको देखिन्छ । यो अचिनायकवाद प्रति रक्षाको लागि प्रतिनिधि सभा सदस्यमा मेरो उम्मेदवारी भएको आम मतदाता समक्ष अपिल गर्दछु ।

भुकम्प पिडिकतको व्यवस्थापन पहिलो प्राथमिकता: खेम प्रसाद लोहनी
आमा वालकुमारी र बुवा छन्दलाल लोहनीबाट धादिङ जिल्लाको चैनपुरमा २०१७ साल साउन २२ गते जन्मेका लाहनी २०३५ सालमा राजनीति यात्रा समाहितमा भएका हुन । राजनीति यात्रासंगै औपचारिक अध्ययनलाई समेत निरन्तरता दिई ग्रामीण विकास र अग्रेंजी विषयमा स्नाकोत्तर गरेकाछन् । हाल नेकपा एमाले केन्दीय कमिटी वैकल्पिक सदस्य रहेकाछन् भने नेकपा एमाले जिल्ला कमिटी धादिङ उपसचिव, जिल्ला विकास समिति धादिङको सभापति र एमाले जिल्ला कमिटी धादिङ अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका लोहनी धादिङ निर्वाचन क्षेत्र नंं २ बाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएकाछन्
पुस्तौंदेखि क्रमिक रुपमा आ–आफ्नो चहाना र इच्छा अनुसारको आवास निमार्ण गरि बस्दै धादिङवासी बैशाख १२ मा आएको विनासकारी भुकम्पले आवास विहिन बनाई दियो । आवास विहिन नागरिकको आवस सम्वन्धी हक अधिकारलाई सनिश्चित गर्न किसान मैत्री आवास निमार्ण गर्ने काम पहिलो प्राथमिकतामा राखेको छ । छिटो छरितो प्रक्रियाबाट लाभग्राहीलाई राज्यले दिने नगदसहितका अन्य सुविधा दिलाउने छु । भुकम्पले कारण चिरा चिरा भएका जमिन र पहिरो कारण विस्तापितहरुको पूर्नवासका लािग उपयुक्त स्थानमा आवास निमार्ण गर्न जग्गा व्यवस्था मिलाउने छु । लाभग्राही सुचिमा नपरेकाहरुको सत्य तथ्य जाँचबुझ गरि आवास पूननिर्माण गर्नु पर्ने वा मर्मतसंभार गरेर बस्न मिल्ने हो सोको प्रवन्ध मिलाउने छु ।
लामो संर्घष पछि जनताको प्रतिनिधिहरुले निमार्ण गरेको संविधान जारी भईसकेको छ । संविधानमा असन्तुष्ट पक्षपनि छन् । संविधानले व्यवस्थाहरु हक अधिकार पूर्णरुपमा जनता समक्ष जानकारी गराईको छैन । जनतालाई अझपनि भ्रम र्छन केही समूहहरु संविधान पूर्ण भएन भनेर असन्तुष्टी पोखि रहेकाछन् । समय गतिशिल छन् र नेपालको संविधान परिर्वतनशिल छ । संविधानले गरेको व्यवस्था अनुसान बनाउन वाँकी रहेका ऐन कानून नीति नियम बनाउन जनपक्षिय भुमिका निर्वाह गर्ने छु । विकासको ढाँचा २०५१ सालमै प्रस्तुत भईसकेको छ । सोही अनुरुपम आफ्नो निर्वाचन क्षेत्र भित्रका सवै वडामा बाह्रै महिना सहजरुपमा गाडी गुड्ने सडक निमार्ण गर्ने । वस्ती वस्तीमा सडक निमार्ण तथा स्तरउन्नती गर्ने काम प्राथमिकताका साथ अघि बढाउने छु । धादिङवेशी –तिप्लिङ–सोमदाङ सडक निमार्ण कार्य पूरा गरि कालो पत्रे गर्ने र धादिङ–मुलपानी–लापा सडक निमार्ण गर्ने र कालो पत्रे गर्ने छु ।
अधिकांश मानिसहरुको जीविकोर्पाजन कृषि नै हो । निर्वाहमुखी कृषि पशोलाई समय सापेक्ष यान्त्रिकिकरण, आधुनिकिकरण मार्फत व्यवासायिककिरण र बजारीकरण गरिने । किसानहरुलाई सहुलियत व्याजदरमा सहज रुपमा कृषि ऋण दिने व्यवस्था मिलाउने । देशका ठुला शहर काठमाण्डौ, पोखरा, नारायणघाट, बुटवल, तरकारी विक्री गर्ने व्यवस्था मिलाउने । हाम्रो जिल्ला हिमाली जिल्ला भएकाले पनि पर्यटक आर्कषण भित्र पर्छ । काठमाण्डौबाट बाहिरिने आन्तरिक तथा वाह्रय पर्यटकलाई रुभीभ्याली सम्म पु¥याउन पदयात्रा निमार्ण गर्ने । होमस्टे (घरवास) निमार्ण तथा सञ्चालन गरी स्थानीय कलासंस्कृतको प्रर्वद्धन मार्फत स्वरोजगार सृजना गर्ने ।
राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निमार्णको कामलाई सम्पन्न गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने छु । आयोजना डुवान र प्रभावितको घरजग्गाको उचित मुअव्जा एक वर्ष भित्र दिलाउन पहल गर्ने । आयोजना क्षेत्र भित्र चक्रपथ निमार्ण, आवास क्षेत्र निधारर्ण, जग्गा ढुवान क्षेत्रका मानिसलाई सरल मूल्यमा उपलव्ध गराउनु मेरो भुमिका हुने छ । आयोजना निमार्णले धादिङको आर्थिक सम्वृद्धिको ढोका खाल्ने छ । हजारौ हजार पर्यटकहरुको मुख्य गन्तव्य बन्ने छ । स्थानीयले होटल व्यावसाय गरी रोजगार सृजना गर्ने छन् ।
पछिल्लो पटक राजनीतिक ध्रुविकरणले देशलाई सम्वृद्धि तर्फ उन्मुख गराएको छ । देशमा अव धेरै दल तथा राजनीति समुहहरु हुने छैनन् । एक दल सत्ता पक्ष र अर्को दल प्रतिपक्ष मात्र हुने छ । त्यसको अभ्यास उम्मेदवारी दर्ताकै क्रममा देखिएको छ । एमाले र माओवादी केन्द्रले पार्टी एकतासम्मको तयारी गरी चुनावी गठवन्धन गरपछि कांग्रेस अल्तालिएर लोकतान्त्रिक गठवन्धन नाम दिएर चुनावी गठनवन्धन गरेको छ । त्यो गठवन्धन कहिले र कँहा पुगेर समाप्त हुन्छ थहा छैन । तर नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहित साना कम्नियुष्ट पाटीहरु एकिकृत हुने पक्का छन् । शुन्य भ्रष्टचार, न्यायोचित वितरण मार्फत सुशासन र सम्वृद्धिका लागि प्रतिनिधि सभा सदस्यको लागि मेरो उम्मेदवारी भएको आम मतदाता समक्ष अपील गर्दछु । साभारः राजेन्द्र बस्नेत कारोबार