निर्माणधिन बृद्धाश्रमको भवन बनाउन धार्मिक महोत्सव

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०७४

धादिङबेसी कात्तिक १७ । धादिङबेसी स्थित पशुपति मन्दिरमा मन्दिर परिषरमा बृद्धा आश्रमको निर्माणा धिन भवन सम्पन्न गर्न धार्मिक महोत्सव २०७४ तथा कार्तिक मेला सुरुभएको छ । धार्मिक महोत्सव अन्तरगत सुरुभएको भागवतको पहिलो दिन शुक्रबार भक्तजनहरुको उपस्थिति उल्लेख्य रहेको थियो ।

नीलकण्ठ १२ साङ्कोष पशुपति मन्दिर परिषरमा बिहिबार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ को कथा वचन गर्दै धादिङबासीका चिर परिचित बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले श्रीमद्भागवतको कथा हिन्दुमात्रले हैन सबै जातजाती र अन्य धर्माल्बबिहरुलाई पनि सुन्न आग्रह गर्नुभएको थियो ।

हिन्दु एक सनातन धर्म हो, श्रीमद्भागवत कथा यसै सँग सम्बन्धित छ, तर सबैले सुन्न र बुझ्न जरुरी रहेका भन्दै कथा वाचक बालतपस्वी पण्डित भट्ट ले अनुरोध गर्नुभएको थियो । उहाँले सामाजिक कार्यका लागि श्रीमद्भागवत पशुपति मन्दिरमा सुरुभएको छ, भागवत सुन्न आउँदैमा दान गर्नु पर्दैन सक्नेले सामाजिक कामको लागि दान गर्नु हुन्छ नसक्नेले कथा सुन्न अत्यावस्यक रहेको बताउनु भएको थियो ।

विहिबार धादिङबेसी सदरमुकाममा स्थानिय भत्तजनहरुले कलश यात्रा गरेका थिए । बलश यात्रा पछि बिहान नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले पशुपति मन्दिर परिषरमा श्रीमदभागवतको विधिवत रुपमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

शुक्रबारको कथा वाचन कार्यक्रममा बृद्धा आश्रमको बाँकी काम गर्न सबै भन्दा बढी भिमबहादुर श्रेष्ठले २१ हजार १११, दुर संचारबाट ४ हजार, राधिका शाह २ हजार १२१, राधा पाण्डे १ हजार ०१०, सुमित्रा बुर्लाकोटी १ हजार ०५०, मायाँदेवि लम्साल ५२०, रामबहादुर योगी ५०५ नगद दान गरेका थिए ।

धार्मिक महोत्सव पशुपति मन्दिर परिषरमा जिल्ला स्वास्थ्य कार्यालय धादिङले निशुल्क औंलो (सुगर) रोग परिक्षण समेत गर्दै आएको छ ।