एमाले धादिङबाट ३ जना समानुपातिकमा

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०७४

धादिङ कार्तिक १६ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् ।

जसमा धादिङबाट प्रतिनिधिसभाका लागि १४ नम्बरमा कान्छालामा तामाङ र ३५ नम्बरमा डा. पुष्पराज कडेल परेका छन् ।
प्रदेशसभाको समानुपातिक सुचिमा धादिङबाट एमालेले ११ नम्बरमा जितेन्द्र चेपाङको नाम पठाएको छ ।

धादिङबाट प्रत्यक्षर र समानुपातिक दुबैमा महिलालाई आउट गरेकोमा महिला अधिकार कर्मीहरुले आलोचला गरेका छन् । आलोचना गर्दै राधिका सापकोटा आफ्नो फेसबुकमा लेख्छिन्-