राजु नेपाल भन्छन्, गाडी लस्करले चुनाव जितिदैन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०७४

धादिङ कार्तिक १७ । धादिङ क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यका कान्छा उम्मेदवार हुन् राजु नेपाल । २०५३ सलबाट जनयुद्धमा होमिएका नेपाल त्यसपछिको पुरै समय राजननितिमा क्रियाशिल छन् । उनी अहिले बाम गठबन्धन ( एमाले र माओवादी) का उम्मेदवार भुमी त्रिपाठी र लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेस र राप्रपा) का उम्मेदवार विश्व अर्याल सँग प्रतिस्पर्धा गर्दै छन् ।

नयाँ शक्ति पार्टी नेपाल बाट चुनावी मैदानमा आएका युवा उम्मेदवार नेपाल प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । धादिङपोष्ट सँगको कुरा कानीमा राजु नेपालको आव्हान यस्तो छ, मतदातालाई-

जसले सडकमा धेरै गाडीका लस्करहरु, बाइकका ताँतीहरु गुढाउछन्, त्यसलाई भोट नदिनुस् जनसमुदायहरु,
सडकमा हजारौ मान्छेहरु, लाखौ खर्च गरेर, गाडी रिजर्व गरेर, पैसा खर्च गरेर भिड जम्मा गर्नेहरुलाई भोट नदिनुस् जनताहरु,

ति पैसाका स्रोतहरु के हुन्, यीनीहरुले यत्रो धेरै खर्च गर्ने स्रोतहरु कहाँबाट लिए ? प्रश्न गर्नुस् जनताहरु,
राजनिति गरेर, राजनितिलाई व्यापार जस्तो गरेर, पैसा कमाएकाहरुले आफ्नो कालोधन खर्च गर्न खोज्दै छन्, होसियार रहनुस् जनताहरु,

मेरो सार्वजनिक प्रतिबद्धता
१. मैले चुनाव अवधीभरि जति खर्च गर्छु, त्यसको आम्दानीको स्रोत र खर्च विवरण चुनाव सकिएको ४ दिन भित्र सार्वजनिक गर्ने छु ।
२. मेरो उम्मेदवारीको नेतृत्वमा अहिले तस्करीहरु, भ्रष्टचारीहरु, माफियाहरु हाबी भएकोले, टिकट वितरणमा पैसावालहरु, ठेकेदारहरु, धनाढ्य वर्गहरु पहुँच पुगेको छ, विचौलियाहरुको प्रयोग भएको छ, हो, यस्को बिरुद्ध मेरो उम्मेदवारी हो,

२. मैले जित्ने हार्ने ठुलो कुरा हैन, मैले धादिङ १ बाट नेपालमा एउटा शन्देस दिन खोजेको हुँ । चुनाव साधारण तरिकाले पनि पार गर्न सकिन्छ । चुनावमा लाखौ, करोडौंको खर्च जरुरी पर्दैन । राजनितिमा पारदर्सिताको पूर्ण अभ्यास, नै मेरो उम्मेदवारी हो ।

मेरा एजेण्डाहरुः
१. मुलतः नेपालको अहिलेको जुनप्रकारको अस्थिरता छ, यस्को दोस अहिलेको राजनीतिक प्रणली हो, अहिलेको संसदीय अस्थिर राजनितिक प्रणली गलत छ, जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको एजेण्डा पहिलो हो । जसले नेपालमा स्थायीत्व दिन्छ । तर संवैधानिक व्यख्या एउटा व्यक्ति २ कार्यकाल हुने कानुनी व्यवस्था गरिनु पर्छ यो मेरो पहिलो एजेण्ढा हो ।

२. अर्को कुरा निर्वाचन प्रणलिको हिसावले अहिलेको जस्तो निर्वाचन प्रणाली आवश्यक छैन यो अपाङ्ग छ, महंगो छ कालो धन खर्च गरेर पैसाको बलमा, मनी मसलको बलले चुनाव जितेको तपाई हामीले देख्दै आएका छौं । यसको विकल्पमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली बैज्ञानिक छ खर्चलाई अत्याधिक कटौती गर्दछ यो मेरो राजनितिक एजेण्डा हो ।

३. अर्को आर्थिक एजेण्डा, अहिले देशमा देखिएको विकाराल समस्या वेरोजगारी हो, गरिबी र परनिर्भरता हो, म सँग प्रष्ट योजना र कार्यक्रमहरु छन् । म आत्म निर्णय सहितको स्वाधिन मुलुक बनाउन सकिन्छ । देश भित्र उत्पालनमा बृद्धिगरि रोजगारको सृजना गर्ने र विदेसीलाई नै रोजगारीको लागी आउने वातावरण बनाउन सकिन्छ । समृद्ध मुलुक निर्माण गर्न ध्यरै योजनाहरु प्रवाह गरिन्छ ।