धादिङ, कात्तिक १६ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को समानुपातिक तर्फको मत पत्र ढाँचा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले विहिबार सार्वजनिक गरेको समानुपातिक तर्फको नमुना मत्रपत्रमा पहिलो लहरमा रुख, सुर्य, गोलाकार भित्र हँसिया हथौडा, गाई, छाता लगायत रहेका छन् ।
आयोगले प्रदेश अनुसार सार्वजनिक गरेको नमुना मतपत्रमा तीन नम्बर प्रदेशका लागि तयभएको मत पत्र यस्तो छ ।