धादिङबेसीमा धार्मिक महोत्सव -०७४ सुरु

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १६, २०७४

धादिङबेसी कात्तिक १६ । धादिङबेसी स्थित पशुपति मन्दिरमा बृद्धाआश्रम र मन्दिर परिषर सम्रक्षण र विकासका लागि धार्मिक महोत्सव २०७४ आयोजना सुरुभएका छ ।

नीलकण्ठ १२ साङ्कोष पशुपति मन्दिर परिषरमा बिहिबार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव ०७४ सुरुभएको हो ।

धादिङबासीका चिरपरिचित बालतपस्वी पण्डित उत्तम भट्ट महाराजको उपस्थितिमा बिहिबार बिहान धादिङबेसी सदरमुकाममा स्थानिय भत्तजनहरुले कलश यात्रा गरेका थिए । बलश यात्रा पछि बिहान नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले पशुपति मन्दिर परिषरमा श्रीमदभागवतको विधिवत रुपमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

महोत्सव तथा भागवत सप्ताह महायज्ञमा प्राप्त दानबाट मिन्दर परिषरमा बनदै गरेको बृद्धाआश्रमको भवनलाई पुर्णता दिन प्रयोग गरिने मुल आयोजक समितिले जनाएको छ । बालतपस्वी पण्डित उत्तम भट्ट महाराजबाट कथा बचन हुने यस महायज्ञमा कथा सुन्नकोे लागि मुलआयोजक समितिले अनुरोध समेत गरेको छ ।