धादिङ लाल किल्ला हुन्छ -राजेन्द्र पाण्डे

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १५, २०७४

धादिङ कात्तिक १५ । नेकपा एमालेका पोलिट ब्यूरो सदस्य राजेन्द्र प्रसाद पाण्डेले धादिङ जिल्ला बाम गठबन्धनको लाल किल्ला हुने बताउनु भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र धादिङको चुनावी बाम गठबन्धनले काठमाडौमा गरेको कार्यकर्ता भेलामा बोल्दै पाण्डेले धादिङ जिल्ला लाल किल्ला हुने बताउनु भएको हो ।

स्थिर सरकार र मुलुकको आर्थिक विकास सँग जोडेर बामतालमेल भएको बताउँदै पाण्डेले बामतालेलको मर्मलाई दुबै पार्टीका कार्यकर्ताहरुले पुरा गर्नु पर्ने जोड गर्नुभएको थियो ।

यसैगरि कार्यक्रममा बाम गठबन्धनका उम्मेदवारहरु भुमि त्रिपाठी, खेम प्रसाद लोहनी, शालिकराम जमकट्टेल, रामकुमार अधिकारी र जगत सिंखडाले काठमाडौमा रहेका दुबै पार्टीका कार्यकर्ताहरुलाई आ आफ्नो क्षेत्रमा हुने चुनावी अभियानमा लाग्न जोड दिएका थिए ।

कार्यक्रममा धादिङ जिल्लाबाट केहि दिन पहिला मात्र टानमा निर्वाचित भएका पर्यटन व्यवसायीहरुलाई बधाई तथा सम्मान समेत गरिएको थियो ।