अमृता स्मृति
धादिङ कात्तिक १५ । नेपाली काँग्रेस धादिङका उम्मेदवारहरु चुनाव प्रचार र भोट माग्दै घरदैलो अभियानमा जुटेका छन् ।
नेपाली काँग्रेस धादिङका प्रतिनिधि सभा क्षेत्र नं. २ का उमेद्वार दिलमान पाख्रिन यसै क्षेत्रको प्रदेश क्षेत्र नम्बर १ का उमेद्वार रमेश धमला घरदैलोमा जुटेका हुन् ।
धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नं १ र २ साविकको मैदी गाविसमा उमेद्वारहरुले मतदाता भेटघाट तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् ।
]
स्थानीय जनताले आफ्नो समस्या तथा विकासको विषयमा सल्लाह सुझाव र शुभेच्छा समेत व्यक्त गरेका छन् । साविकको मैदी गाउँ विकास समितिको रातमाटे, पिपलटार, मजुवा, जोइटार, बतासे र सातदोबाटोमा उमेद्वार मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उमेद्वार सहित नेपाली कांग्रेसका निष्ठावान नेता पूर्व सांसद पूर्व पाटी सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख नेपाली कांग्रेसका युवा नेता भिम ढुंगाना, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष, नेपाली कांग्रेस धादिङका सचिव विनोद तिमल्सेना नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य नरेन्द्र भट्ट, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रामप्रसाद अधिकारी लगायतका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो ।