दिलमान पाख्रिन र रमेश धमला चुनावी माहौल बनाउँदै

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १४, २०७४

धादिङको प्रतिनिधिसभा क्षेत्र न. २ को र यसै क्षेत्रको प्रदेश १ मा उम्मेद्वार नेपाली काँग्रेसबाट उम्मेदवार बनेका दिलमान पाख्रिन र रमेश धमला चुनावी माहौल बनाउन व्यस्त बनेका छन् ।

नयाँ शक्ति र राप्रपाको समर्थन पाएका प्रतिनीधि सभा सदस्यमा दिलमान र यसै क्षेत्रको प्रदेश १ धमला दैनिक कार्यतालिका बनाई चुनावी प्रचारका लागि गाउँ पस्दै माहौल आफ्नो पक्षमा बनाउन व्यस्त बनेका हुन् ।

मतदाता भेटघाट सुरूवात नेपाली कांग्रेसका यस क्षेत्रका उम्मेद्वारहरू प्रतिनिधिसभा उम्मेद्वार मा। दिलमान पाख्रिन र प्रदेशसभा उम्मेद्वार रमेश धमलाको उपस्थितिमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, राप्रपा र नयॉं शक्ती नेपाल पार्टीका जिल्ला नेताहरूको सहभागिता ज्वालामुखी गॉंउपालिकाको वडा न। ३, साबिकको मैदि गाविसको अमराईबाट शुरूवात गरिएको टोलटोलमा उम्मेद्वार मतदाता भेटघाट कार्यक्रम अन्तर्गत लोकतान्त्रिक गठबन्धनले कार्तिक १८ गते सम्म ज्वालामुखी गॉंउपालिकाका सबै वडाहरूमा स्थानीय मतदाताहरू संग स्थानीय समस्य, स्थानीय विकास, जनताको आर्थिक समृद्धि कसरी गर्ने भन्ने लगायत विषयमा राय सुझाव तथा सल्लाह लिईने कांग्रेसले जनाएको छ ।

नेत्रावती गॉंउपालिका, ज्वालामुखी गॉंउपालिका र नीलकण्ठ नगरपालिकाको वडा न। १० र ११ वाहेकको सबै वडा सम्मिलित यस प्रदेशमा लोकतान्त्रिक गठबन्धनले अब निरन्तर चुनाब केन्द्रित प्रचार अभियान शुरू गर्ने जनाइएको छ । चुनाब प्रचार अभियानमा सबै टोलहरुमा उम्मेद्वार मतदाता भेटघाट अन्तर्गत सबै मतदातासंग उम्मेद्वार भेटाउनेगरी कार्यक्रम तय गरिएको नेपाली कांग्रेस धादिङका जिल्ला सदस्य नवराज तिमल्सिनाले बताउनु भयो ।