धादिङ कात्तिक १४ । काठमाडौ सँग जोडिएको धादिङ जिल्ला पर्यटन व्यवसायीहरुको राम्रो उपस्थिति रहेको जिल्लाको रुपमा चिनिन्छ । गत आईतबार राती सम्पन्न ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा धादिङ जिल्लाबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष प्रथम उपाध्यक्ष कोषाध्यक्ष सहित ६ जना निर्वाचित भएका छन् ।
बाम गठबन्धनको नवराज दाहालको प्यानलबाट अध्यक्ष सहित ७ जना उम्मेदवार बनेका थिए । यस प्यानलबाट दितिय उपाध्यक्षमा उम्मेदवारी दिएका ऋषि नेपाल र सदस्यमा हर्क गुरुङ र कविता लामिछाने निर्वाचित हुन सकेनन् । अर्को नेपाली काँग्रस निकट लम्साल प्यानलबाट उम्मेदवार बनेका ज्वालामुखी गाउँपालिकाका खुम सुवेदीले विजयी बनेका छन् ।
यी हुन् धादिङबाट टानमा निर्वाचन जित्ने
नवराज दाहाल,
अध्यक्ष
वि.सं. २०२८ सालमा धादिङ जिल्लाको बुढाथुम गा.वि.स (हाल गंगाजमुना गाउँपालीका–७) मा जन्मीनुभएका नवराज दाहाल एक सफल र अनुभवी पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन १९९० बाट पर्यटन क्षेत्रमा आवद्ध दाहाल नेपाल ईन्भाईरोमेन्टल टे«क्स एण्ड एक्सपिडिसन कम्पनीका प्रवन्ध निर्देशक हुनुहुन्छ । दाहालले यसअघि टानमा कार्यसमिति सदस्य हुँदै महासचिवको भुमिका कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । गणतान्त्रीक स्टोनियाँका लागि नेपाली बाणीज्यदुत समेत रहनुभएका दाहाल हाल नेपाल पर्यटन व्यवसायी संगठनका केन्द्रिय संयोजक समेत हुनुहुन्छ ।
दाहालले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा युरोपका स्टोनियाँ, बेल्जियम, नेदरल्याण्ड्स, जर्मन, फ्रान्स, स्वीजरल्याण्ड, नर्वे, डेनमार्क, लाटभिया, लीथोआनिया लगायत अमेरिका, थाईल्याण्ड, सिङ्गापूर, मलेसिया, ईन्डोनेसिया, चीन, हङकङ, भारत लगायतका २ दर्जन भन्दा बढि देशहरुको भ्रमण गरिसक्नुभएको छ । व्यवस्थापन विषयमा स्नातकोत्तर तह सम्मको औपचारीक शिक्षा हाँसिल गर्नुभएका दाहाल अन्तरमुखी तर मृद्धभाषी र सालिन स्वभावका हुनुहुन्छ ।
खुम बहादुर सुवेदी
बरिष्ठ उपाध्यक्ष
धादिङ ज्वालामुखि गाउँपालिका गर भएका खुम बहादुर सुवेदी युनिक एड्भेञ्चर ईनटरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक तथा सरल स्वभावका सफल पर्यटन हुन । यसअगाडी टानको कोषाध्यक्ष रहिसकेका सुवेदीको कार्यकालमा टानको कोषमा निकै राम्रो सुधार आएको थिए । उनकै कार्यकालमा टानको कार्यालयमा निकै सधारका कामहरु भएका थिए । सवै पर्यटन व्यवसायिहरु लाई आवश्यक परेको अवस्थामा सहजै उपलब्ध हुने सुवेदीको नाम अध्यक्षको दावेदारको रुपमा चर्चामा आएको भएपनि टिम निर्माणको क्रममा उनले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन । सवै पर्यटन व्यवसायिहरु संग सुमधुर सम्बन्ध राख्ने स्वभावका सुवेदीको परिचय लेखकका रुपमा पनि स्थापित छ ।
जीवन थापामगर,
प्रथम उपाध्यक्ष
वि।सं। २०४२ सालमा धादिङको दार्खामा जन्मनुभएका जीवन थापा मगर एक सफल युवा पर्यटन उद्यमीका रुपमा सुपरिचित हुनुहुन्छ । सन् २००१ बाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका थापा मगरले नेपालका अधिकांश पदयात्रा गन्तव्यमा पाईला टेक्नुभएको छ ।
समाजसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गरिसक्नुभएका थापा मगर हाल नेपाल एडभेन्चर टिमका प्रवन्ध निर्देशक हुनुहुन्छ । पर्यटनका साथै विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशील हुदै आउनुभएका थापामगर हाल गणेश हिमाल पर्यटन विकास समितिको धादिङस्थीत दार्खा गा।वि।स संयोजक समेत हुनुहुन्छ । उहाँले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा थाईल्याण्ड, भुटान, श्रीलङ्का, लावस, कम्बोडिया सहित युरोपका केहि मुलुकहरुको व्यवसायीक भ्रमण गरिसक्नुभएको छ ।
रामकृष्ण तिमल्सिना
कोषाध्यक्ष
वि.सं. २०३९ साल असोज २० गतेका दिन धादिङको त्रिपूरेश्वरमा जन्मीनुभएका रामकृष्ण तिमल्सिना एक युवा तथा जुझा? पर्यटन व्यवसायीका ?पमा परिचित हुनुहुन्छ । सन् २००० बाट पर्यटन सहयोगिको ?पमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका तिमल्सिनाले ६ बर्षको छोटा अवधीमै सन् २००६ बाट व्यवसायीक यात्रा तय गर्नुभयो ।
मानविकी संकायमा स्नातक तह सम्मको औपचारिक शीक्षा हाँसिल गर्नभएका तिमल्सिना हाल हिमालयन सिनेरी ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि.का संचालक हुनुहुन्छ । पर्यटन व्यवसायसंगै लायन्स क्लब अफ काठमाण्डौं हिमचुलीमा आवद्ध तिमल्सिना नमुना नेपाल फाउन्डेसनको अध्यक्ष समेत हुनुहुन्छ ।
रविन्द्र अधिकारी
सदस्य
वि.सं. २०४३ सालमा धादिङ जिल्लाको उत्तरि क्षेत्रमा जन्मीनुभएका रविन्द अधिकारी एक सफल युवा पर्यटन व्यवसायीको ?पमा परिचित हुनुहुन्छ । स्नातक तह सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका अधिकारीले सन २००९ बाट एडभेन्चर डिस्कभरी ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनी मार्फत पर्यटन व्यवसाय संचालन गर्दै आउनुभएको छ ।
गोपाल श्रेष्ठ
सदस्य
धादिङ जिल्ला गंगाजमुना गाउँपालीका, वडा नं।७, बुढाथुममा जन्मनुभएका गोपाल श्रेष्ठ एक युवा पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन २००३ बाट पर्यटन क्षेत्रमा आवद्ध हुनुभएका श्रेष्ठ हाल हाईयर लिमिट्स टे«क्स एण्ड एक्सपिडिसन प्रा।ली।का संचालक हुनुहुन्छ । बाणिज्यसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गर्नुभएका श्रेष्ठ समाजसेवाका विविध क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा उहाँले चीन, जापान र थाईल्याण्ड लगायतका देशहरुको भ्रमण गरिसक्नुभएको छ ।
टानको गाउँ पर्यटन प्रवद्र्धन विभागमा सदस्यको रुपमा काम गरिसक्नुभएका श्रेष्ठले पदयात्रा पर्यटनमार्फत उल्लेख्य रोजगारी सृजना गर्नुभएको छ ।
यस्तो छ मत परिणाम
(अध्यक्ष):
नवराज दाहाल –331 विजयी
मोहन लम्साल– 313
नुरुजाङ्बु शेर्पा (स्वतन्त्र)– 50
(वरिष्ठ उपाध्यक्ष):
पूर्ण चन्द्र भूषाल –328
खुम बहादुर सुवेदी –359 विजयी
(प्रथम उपाध्यक्ष):
जीवन थापामगर –408 विजयी
बाबुकाजी सिटौला –280
(द्धितिया उपाध्यक्ष):
ऋषि प्रसाद नेपाल –319
निलहरी बास्तोला –364 विजयी
(महासचिव):
आङ पेम्बा शेर्पा – 377 विजयी
चेवन देवकोटा – 325
(सचिव):
सुजन लामिछाने –359 विजयी
चोलेन्द्र बहादुर कार्की – 330
(कोषाध्यक्ष):
रामकृष्ण तिमल्सिना –342विजयी
सुवास केसी –339
(सह-कोषाध्यक्ष):
तारा राना –385 विजयी
किरण धरेल –282
(महिला सदस्य):
कविता लामिछाने –261
ऋतु ग्याम्दान –417 विजयी
(सदस्य):
रविन्द्र अधिकारी –371 विजयी
राजन प्रसाद काप्री –342 विजयी
गोपाल श्रेष्ठ –363 विजयी
जीवन लामा –375 विजयी
बाबुराम गुरुङ –362 विजयी
सुक बहादुर लामा –340 विजयी
हरि शरण खरेल –264
हर्क बहादुर गुरुङ –320
शेर बहादुर परियार –334 विजयी
जंग बहादुर लामा –343 विजयी
कुल प्रसाद सुवेदी –275
सरोज कट्टेल –268
तपन राज भण्डारी –273
सुर्य बहादुर थापा –304
नामग्याल जाङबु शेर्पा –322
आङबाबु शेर्पा –323