धादिङबेसी कात्तिक ११ । धादिङबेसी स्थित पशुपति मन्दिरमा बृद्धाआश्रम र मन्दिर परिसर सम्रक्षण र विकासका लागि धार्मिक महोत्सव २०१७ आयोजना गरिने भएको छ ।
कार्तिक १६ गतेबाट नीलकण्ठ १२ साङ्कोष पशुपति मन्दिर परिषरमा हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा धादिङबासीका चिरपरिचित बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले कथा बाचन गर्नुहुने मुल आयोजक समितिका सदस्य कृष्ण शिसिरले बताउनु भयो ।
कार्तिक १६ गते बिहान कलश यात्रा गरि ११ बजे उद्घाटन हुने श्रीमद्भावगतको २३ गते लखबत्ती प्रज्वलन गरिने मुल आयोजक समितिले जनाएको छ ।