त्रिशुलीमा रात्रिबस खस्यो १५ जनाको उद्दार, २० वेपत्ता

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ११, २०७४

काठमाडौं, कात्तिक ११ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा राजविराजबाट काठमाडौं आउँदै गरेको रात्रिबस स त्रिशुली नदीमा डुबेको छ ।

आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको ना ६ ख १४६७ नम्बरको उक्त बससहित २० जना यात्री नदीमा हराइरहेको प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए ।

प्रहरीले दुर्घटना स्थलबाट १५ जना घाइते यात्रुको उद्धार गरेर गजुरी अस्पताल लगिएको छ । उद्धारका लागि दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित भएको प्रहरीले जानाएको छ ।