नयाँ शक्तिको घोषणा पत्र सार्वजनिक (घोषण पत्र सहित)

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १०, २०७४

धादिङ कार्तिक १० । नयाँ शक्ति पार्टी, नेपालले आर्थिक समृद्धिलाई जोड दिँदै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्रमा आसार्वजनिक गर्नु भएको हो ।

‘सबैका लागि समृद्धि, सबैलाई सम्मानः राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान’ भन्ने मूल नारा तय गरिएको घोषणा पत्रमा समतामूलक समृद्धि, समानुपातिक समावेशी लोकतन्त्र, सुशासनरसदाचार, स्वाधिनता र सार्वभौमिकता र समुन्नत समाजवाद स्थापना गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

घोषणा पत्रमा मुलुकमा राजनीतिक स्थायित्व कायम गरी दिगो विकास गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रिपतिय शासन व्यवस्था हुनुपर्नेमा पनि जोड दिइएको छ ।

घोषणा पत्र यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुने छ