काठमाडौ कार्तिक १० । नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को निर्वाचनमा नवराज दाहालको प्यानललाई जिताउने आह्वान गरेको छ ।
माओवादी केन्द्र र एमाले लगायत दलका निकट व्यवसायीको तर्फबाट अघि सारिका दाहाल नेतृत्वको प्यानललाई मतदान गर्न संगठनलेएमाले समर्थित पर्यटन व्यवसायीहरुलाई आव्हान गरेको हो ।
सुरुवातमा आफ्नै संगठनको नेतृत्वमा टानमा जानेगरी पहल गरेपनि सर्वसम्मत हुन नसकेपछि टान, भिटोफ, एनएमएलगायतका संघसंस्थाहरुको निर्वाचनको समयमा भएका सहकार्य र सहमतीलाई निरन्तरता दिदै दाहालको नेतृत्वमा संयुक्त प्यानल बनाएर जाने निर्णयमा पुगिएको संगठनका महासचिव घनेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पछिल्लो पटक एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच भएको राष्ट्रिय सहमति, चुनावी तालमेल र निकट भविष्यमै पार्टी एकता हुने भनि गरिएको घोषणालाई समेत ध्यानमा राखेर संगठन अघि बढेको विज्ञप्तीमा उल्लेख छ ।