धादिङ कार्तिक ८ । नयाँ शक्ति पार्टी नेपालले धादिङ प्रतिनिधि सभा र यस क्षेत्र भित्र पर्ने प्रदेश सभा क्षेत्र नं. २ अन्तरगत प्रत्येक्ष तर्फका उम्मेदवारी फिर्ता लिने भएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिलमान पाख्रिन र प्रदेश साभा अन्तर गत रमेश धमलालाई सहयोग गर्ने गरि उम्मेदवारी फिर्ता लिने निर्णय यी दुई दलले गरेका हुन् ।
नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धन भित्र रहेका दिलमान र रमेश धमलालाई सहयोग गर्ने गरि गरिएको यी दुई पार्टीको सहमति पत्रमा काँग्रेसको तर्फबाट दिलमान, रमेश धमला, रामनाथ अधिकारी र बसुदेव तिमल्सिनाले हस्ताक्षेर गरेका छन् भने नयाँ शक्तिका तर्फबाट राजेन्द्र केसी, नन्दप्रसाद काप्री, कल्पना धमला र राम ढकालले हस्ताक्षेर गरेका छन् ।
हस्ताक्षेर पत्र