धादिङबेसी साउन १८ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाका प्रमुख सहित जननिर्वाचित प्रतिनिधिहरु कार्मचारीहरु कार्यालय खोज्दै जिल्ला समन्वय समितिको कार्यालय गेटमा रेकिएका छन् ।
तात्कालिन जिल्ला विकास समितिको भवन खाली रहेको र एक तलामा नगरपालिकाको कार्यालय संचालनको लागि मन्त्रालयको अनुमति लिएर पुग्दा प्रहरीले गेटमा रोकेपछि गेट बाहिर जनप्रतिनीधिहरुले धर्ना दिएका थिए ।
२३ गते जिल्ला समन्वय समितिको निर्वाचन हुँदैछ त्यस अघि नै नगरपालिका उक्त भवनमा सर्नुपर्ने कारण नभएको आवजहरु नआएका होइनन् तर नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले चर्को भाडा तिरेर बस्नु भन्दा खाली भवनको एक तलामा कार्यालय सार्न खोजिएको तर प्रशासनले अवरोध गर्नु सकारातमक नभएको बताउनु भएको थियो । उहाँले भन्नुभयो-हामीले पुरै भवन प्रयोग गर्न खोजेका होइनौ, एक तला प्रयोग गर्ने र घरभाडाबाट बचत हुने रकम स्थानिय विकासमा खर्च गर्न लागेका हौं ।
नगरपालिका सार्ने विषयमा वुधवार दिनभर स्थानीय प्रशाासनमा वसेको वैठकमा कुनै टुंगो नलागे पछि कार्यालयका सवै कुर्सी टेवलहरु ल्याएर निर्वाचित जनप्रतिनिधीहरु कर्मचारी जिल्ला समन्वय समिति अगाडी कार्यालय स्थापना गरेका हुन । नगर प्रमुख सहित भवनमा पस्न खोजेको हुललाई प्रहरीले रोकेपछि मूलढोका मै कार्यालय स्थापना गरिएको थियो ।
नीलकण्ठ नगरपालिकाको वोर्डले निर्णय गरि अर्को व्यवस्था नहुन्जेल जिल्ला समन्वय समितीका तल्लो तलाका खाली कोठाको माग गर्दै गत ४ गते पत्राचार गरेको थियो । नगरपालिकाले स्थानीय तहको सेवा संचालन संचालन तथा व्यवस्थापन संवन्धि आदेश २०७४ वमोजिम स्थानीय निकाय अन्र्तगत जिल्ला सदरमुकामका सरकारी भवनहरु असार मसान्त सम्म हस्तातरण गरि सक्नु पर्नेमा हाल सम्म नवुझाईएकोले स्थानीय विकास मन्त्रालय पत्र लेखाई ल्याएको थियो । उक्त पत्रमा उक्त निर्देसिकाको दफा ८० वमोजिम आपसी समन्वय गरि प्रयोग गर्न सकिने उल्लेख छ ।
जिल्ला समन्वय समितीको भवन प्रयोग गर्न दिने नदिने वारे साउन २३ गतेनिर्वाचित जिल्ला समन्वय समितीले निर्णय गरि मात्र प्रयोग गर्नुपर्ने विधी रहेको प्रजिअ महेश आचार्यले वताए पछि वुधवार आयोजित सर्वदलिय वैठक विना निष्कर्ष टुंगिएको थियो ।
हामी मुठभेड गर्न जिल्ला समन्वय समितिको भवनमा आएका होइनौ, जनप्रतिनिधि भएको नाताले हामी कार्यालय स्थापना नगरुन्जेल सडक वाटै सेवा प्रवाह गर्ने उपमेयर मनराज भण्डारीले धादिङपोष्ट सँग भन्नु भयो ।