धादिङबेसी असार २७ । लैंगिक समानता तथा सामाजिक समावेशीकरण सवालमा परामर्श कार्यक्रम धादिङबेसमिा सम्पन्न छ ।
मुलुकमा रहेको विद्यमान कानुन तथा नीतिहरुको कार्यन्वयनको क्षेत्रमा देखिएका समस्या र सुधारमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सवालमा परामर्श कार्यक्रम आज सम्पन्न भएको हो ।
अन्तराष्ट्रिय मानव अधिकार वातावरण तथा विकास प्रतिष्ठान (इन्हुरेड इन्टरनेशनल) द्धारा धादिङबेसीमा आयोजित कार्यक्रममा विशेष गरी २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले निम्त्याएको जटिलताको बारेमा छलफललाइ केन्द्रित गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुले जातिय छुवाछुत, लैंगिक हिंसा, भूकम्प पछि किशोर किशोरीहरुमा देखिएको असर, निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व र त्यसले निम्त्याएको संकट लगायतका विषयमा छलफल गरिएको थियो । साथै लैंगिक समानता र जातिय छुवाछत हटाउन गरिएका प्रयास बारे छलफल गरीएको छ ।