लण्डन असार २४। धादिङ चैनपुरका राजन खकुरेलले एनआरएन यूकेको युवा संयोजकमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । बेलायत स्थित नेपाली समुदायमा पहिले देखि नै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका खकुरेलले विभिन्न संघ संस्थामा रहेर सामाजिक काम गरि रहेका युवा हुन् ।
बुद्ध फाउण्डेसन युकेका कोषाध्यक्ष र नेपाली युथ एशोसिएसन युकेका उपाध्यक्ष समेत रहेका खकुरेल युवा एनआरएन यूकेको संयोजक बन्न उम्मेदवारी घोषणा गरेका हुन् । हाल लण्डनमा फार्मेसी इन्चार्जका रुपमा कार्यरत खकुरेलले सन् २००८ मा काठमाडौँ विश्वविधालयब मेडिकल साइन्समाबाट जनरल मेडिसिन पूरा गरेका थिए । सन् २०१० मा बेलायत पुगेका खकुरेल बेलायतमा रहेका के बृद्धा के युवा सबै नेपालीहरुमा परिचित छन् ।
गत आइतबार रेडिङमा सम्पन्न रेडिङ कप भलिबल प्रतियोगिताका क्रममा झन्डै २ सय युवाहरु माझ खकुरेलले सेप्टेम्बर ९ मा हुने अधिवेशनमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । युवाहरुको प्रतिनिधीका रुपमा आफु एनआरएन मा जान लागेकोले सबै युवाहरु सँग सहयोगको अपेक्षा गरेको बताएका थिए ।
खकुरेलका एजेण्डाहरु:
– नेपाली समुदायभित्र स्वास्थ्य , खेलकूद, शिक्षा, साहित्य, गायन, नृत्य लगायतका क्षेत्रमा भएका प्रतिभावान युवाहरुलाई समुदायमा बाहिर ल्याउने संस्कारको सुरुवात गर्ने।
– बेलायतको नेपाली समुदायमा ठुलो संख्यामा रहेका युवा तथा एनआरएन र सिंगो नेपाली समुदायबीचको सम्बन्धलाई घनिष्ठ र सुद्रिढ बनाउने ।
– बेलायतमा रहेका नेपाली विद्यार्थीहरुसँग एनआरएन को दुरी घटाउने र उनीहरुको समस्याहरुको सुनुवाई गराउन पहल गर्ने
– युवाहरुलाई बेलायती समुदायमा रहेका संघ सस्थासंग इङेज र समायोजन गराउने
सामाजिक सेवा नै गरे अगिडी बढि रहेको छु अब एनआरएनमा युवाको प्रतिनििधत्व गर्दै जाने निर्णय गरेको छु, आशा छ बेलायतमा रहेका नेपालीहरुले सहयोग गर्ने छन् खकुरेलले धादिङपोष्ट सँग भन्नु भयो ।