धादिङ बेनिघाट रोराङ, बैशाख ३ । बेनिघाट रोराङ गाउँपालिकामा नेकपा एमालेका विक्रम चेपाङ सहित ११ जना माओवादी केन्द्रमा प्रवेस गरेका छन् । बेनिघाट रोराङ २ को च्युरीटारमा भएको नेकपा माओवादी केन्द्रको कार्यक्रममा विक्रम तामाङको नेतृत्वमा ११ जना एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन् ।
कार्यक्रममा जित बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय सेल कमिटि तथा जिवन तामाङको संयोजकत्वमा १३ सदस्यीय वाइसियल कमिटि गठन गरिएको थियो ।
शनिवार भएको उक्त कार्यक्रम चन्द्र बहादुर चेपाङको सभापतित्व रहेको कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा वडा नं १ का इन्चार्ज खेमराज भुजेल, वडा नं २ का पार्टि अध्यक्ष हेमराज भुजेल, पार्टी उपाध्यक्ष भिम बहादुर मगरको आतिथ्यता रहेको बेनिघाट रोराङ गाउँपालिका बाट अमृत विश्वकर्माले धादिङपोष्टलाई बताउनु भयो ।