विप्लव कार्यकर्ताद्वारा कलिदहमा अवैध ढुङगा ढुवानी गर्ने ट्याक्टर कब्जा

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ३०, २०७३

धादिङबेसी चैत्र ३० । धादिङ सिद्धलेक गाउँपालिका अन्तरगत पर्ने कालुपाण्डे राजमार्ग खण्डको कालिदहमा विप्लव कार्यकर्ताले ट्याक्टर कब्जामा लिएका छन् ।

आज विहानै इलाका इन्चार्ज राजकुमार गुरुङको नेतृत्वमा कालिदहमा जम्मा भएका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले थोपल खोलाबाट ढुङ्गा बालुवा ढुवानी गर्ने ट्याक्टरहरु कब्जामा लिएका हुन् ।

बिहान देखि नै कब्जामा लिएको ट्याक्टर मालिकहरुले पहिलो पटक हामीलाई जानकारी गर्नू भयो अब आइन्दा थोपल खोला उत्खनन् हुने गरि ढुङ्गा बालुमा नझिक्ने नबोक्ने अनुरोध गरेपछि ३ घण्टा पछि छाडिएको इन्चार्ज राजकुमार गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।

श्रेष्ठले यो पहिलो पटक चेतावनी सहित छाडिदिएका छौ खोलाको बालुवा तस्करी गर्न कसैले पाउँदैन अर्को पटकपनि हामीले ट्याक्टर रोक्नु पर्यो भने कडा कार्वाही गर्ने जानकारी दिए ।