धादिङ चैत्र २७ । माओवादी केन्द्र सिद्धलेकले गाउँपालिका प्रमुख उम्मेदवारको लागि जिल्लामा ३ जनाको नाम पठाएको छ ।
पार्टीको उम्मेदवार छनौट कार्यविधि अनुसार ३ जनाको नाम माथिल्लो कमिटिमा पठाउनु पर्ने नीति अनुसार नै माओवादी केन्द्र सिद्धलेकले शनिबार ३ जनाको नाम सिफारिस गरेको हो ।
धादिङको वामपन्थी आन्दोलनका त्यागी नेता जसलाई प्रहरीले पन्चायतकालमा पटक पटक यातना दिएका शालिकराम अर्याल, माओवादी केन्द्रका पछिल्लो पुस्ताका युवा नेता तथा अधिवक्ता सुमन खनार र पार्टी जिल्ला सदस्य तथा व्यवसायी पुष्प थपलियाको नामा जिल्ला समितिमा पठाएको छ ।
माओवादी केन्द्रको नीति अनुसार जिल्ला हुँदै प्रदेशले ३ जना मध्य १ जनालाई उम्मेदवार बनाउने छ ।