नेत्रावती गाउँपालिकामा ३ दर्जन एमाले कार्यकर्ताद्वारा पार्टी परित्याग

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १३, २०७३

उर्मिला तामाङ
धादिङ, चैत्र १३ ।
नेकपा माओवादी केन्द्र नेत्रावति गाउँपालिका वडा नं ४ र ५ को वडा सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

माओवादी केन्द्रका नेता राजकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा एकिकृृत नेपाल शिक्षक संगठन केन्द्रका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीको प्रुमख आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्रका जिल्ला सल्लाहकार संयोजक केशरी प्रसाद पन्त र जिल्ला सदस्य तथा नेत्रावती गाउँपालिका इन्चार्ज ठाकुर गुरुङको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला सदस्यहरु उर्मिला तामाङ, गोपाल गुरुङ, नीरमला सिं लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनबाट सुब्बा श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरेको थियो ।

कार्यक्रममा एमालेबाट ३ दर्जन भन्दा वढी माओवादी केन्द्रमा प्रवेस गरेको थिए । साथै यहि चैत्र २४ गते नेत्रावती गाउँपालिकाको प्रथम तथा बृहत सांस्कृतिक कार्यक्रम सेम्जोङमा गर्ने निर्णय गरेको छ ।