धादिङ फागुन २६ । एकीकृत अखिल नेपाल शिक्षक संगठन निलकण्ठ नगरपालीको अध्यक्षमा जनार्दन नेपाल चयन हुनुभएको छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन नगर इन्चार्ज एवम् वरिष्ठ जिल्ला उपाध्यक्ष खिल बहादुर धमलाको अध्ध्यक्ष्यतामा बुधबार सम्पन्न भेलाबाट नेपाल अध्यक्षमा चुनिनु भएको हो ।
नगरभेला कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका जिल्ला सचिव धन बहादुर बुर्लाकोटीको प्रमुख आतीथ्यता रहेको थियो । त्यसैगरि माओवादी कार्यालय सचिव शालिकराम अर्याल, शिक्षक संगठन केन्द्रीय सचिवालय सदस्य संकर अधिकारी, नेकपा माओवादी केन्द्र नगर इन्चार्ज मनराज भण्डारी शैलेस लगायतको आतीथ्यता रहेको थियो ।
भेलाले अध्यक्षमा जनार्दन नेपाल, उपाध्यक्षमा जानुका कडेल, सचिवमा विष्णु प्रसाद सेढाई, कोषाध्यक्षमा कृष्ण प्रसाद पोखरेल, सहसचिवमा सम्झना ढुङगना लगायत २१ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।