धादिङ माघ १९ । धादिङबेसीबाट ज्यामरुङ चामभञ्ज्याङ जाँदैगरेको बसले किचेर मंगलबार ज्यामरुङका कुमार लामिछानेको मृत्यू भएको छ ।
चामभन्ज्याङ जाँदै गरेको बा ३ ख २९०० नम्बर धादिङ यातायातको बसले किच्दा लामिछानेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
ज्यामरुङ, ३ का २५ वर्षीय कुमार लामिछाने सोहि बसमा यात्रा गरेका थिए, उनी ओर्लने क्रममा ढोकाबाट खस्दा पछाडीको पाङ्ग्राले किचेर मृत्यू हो, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार बताउनु भयो ।