धादिङबेसी र धुवाँकोटको फुटबल खेल अपडेट

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १८, २०७३

धादिङबेसी माघ १५ । धादिङबेसीमा जिल्ला स्तरीय र धादिङ जिल्ला कै धुवाँकोट गाविसमा खुल्ला अन्तरक्लव फुटबल प्रतियोगिता सुरु भएका छन् ।

जिल्ला भरिबाट २९ टिमले भाग लिएको धादिङबेसीमा जारी फुटबल र १७ टिम सहभागी रहेको धुँवाकोटमा जारी प्रतियोगिता दुबैको पुरस्कार राशी ५० हजार रहेको हो ।

आजको खेल नतिजा धादिङबेसीको

मंगलबार बिहान भएको खेलमा लापा माविलाई ०-१ को अन्तरले आयोजक नेवि सघ धादिङले विजयभएको थियो भने बिहानको अर्को खेल नलिकण्ठ उच्च माविलाई Ignis Football Club, Malekhule ले ०-३ गोल अन्तरले हराएको थियो ।

आजै दिउँसो भएको खेलमा धादिङ समाज धादिङले छोइलिङ युवा समाजलाई ३-० को गोल अन्तरगत ले हराएको छ, भने दिउँसोको अर्कोलेमा डाँडा गाउँ युवा समाज सल्यानटारलाई मैदी यूनाईटेडले १-२ को गोल अन्तरले हराएको थियो ।

आजको खेल नतिजा धुवाँकोट मेलिना लामा

पहिलो खेल गोल विध्यार्थि उपकार सङ्घ १ गोल भिम सङ्कर ० गोल
सेल्ले युवा क्लब ० गोल नव स्टार ८ गोल
जनआवाज युवा क्लब ० गोल साईकोले भागे २ गोल
मेन्दोफोल युवा क्लव २ गोल दार्खा युवा क्लव १ गोल
मान बहादुर प्रतिस्थन ० गोल जुरेथुम युवा क्लव ० गोल

धादिङबेसी खेलको तस्वीर