धादिङबेसी र धुवाँकोटमा फुटबल जारी (खेल अपडेट)

Avatar photo
Dhadingpost
सोमवार, माघ १७, २०७३

धादिङबेसी माघ १७ । धादिङबेसीमा जिल्ला स्तरीय र धादिङ जिल्ला कै धुवाँकोट गाविसमा खुल्ला अन्तरक्लव फुटबल प्रतियोगिता सुरु भएका छन् ।

जिल्ला भरिबाट २९ टिमले भाग लिएको धादिङबेसीमा जारी फुटबल र १७ टिम सहभागी रहेको धुँवाकोटमा जारी प्रतियोगिता दुबैको पुरस्कार राशी ५० हजार रहेको हो ।

आजको खेल नतिजा धादिङबेसीको

कटुञ्जे युवा समाजलाई छोइलिङ यवा समाज कटुञ्जेलाई आज बिहान भएको खेलमा ३-१ को अन्तरले पराजित गरेको थियो भने बिहानै भएको खेलमा महेन्द्र माविलाई सत्यदेवी युवा समाजले ३-४ को गोल अन्तरले हराउँदै जित हात पारेको थियो । दिउँसो भएको खेलमा पञ्चकन्या मावि ले ३ गोल गर्दै जलकन्या युवा क्लवलाई ० मै सिमित राख्यो ।

नेपाल विद्यार्थी संघ धादिङद्वारा धादिङबेसीमा संचालन भएको यस प्रतियोगिता पहिलो चरणको नक आउट खेल सम्पन्न भए सँगै यस अघिका खेलहरुमा विजेता टिमहरु बीचको लेल भोलि (सोमबार) बाट सुरुहुने आयोजक संस्थाका अध्यक्ष इश्वर अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।

सोमबार हुने खेलमा बिहान आयोजक नेवि संघ धादिङ र लापा मावि बीच र नीलकण्ठ उच्च मावि र Ignis Football Club, Malekhule दिउँसो धादिङ समाज धादिङ (DSD) र छोइलिङ यवा समाज कटुञ्जे बीच मैदी युनाईटेड र डाँडा गाउँ युवा समाज सल्यानटार बीच हुने छ ।

धुवाँकोटको खेल अपडेट सुमन अधिकारी

आज को पहिलो खेल सेल्ले युवाक्लब र मेल्मिलाप युवाक्लब = सेल्ले युवाक्लब 1-0 ले बिज्यी
दोश्रो खेलमा डप्चुङ युवासमाज सेम्जोङ र जुरेथुम युवा क्लब बराबरि
तेश्रो खेल डब्जुङ युवाक्लब सेम्जोङ र जुरेथुम युवाक्लब बराबरि
चौथो खेल मेन्दोफोले युवाक्लब काउले र मेल्मिलाप युवाक्लब B बराबरी
पाचौ खेल पात्ले सेवा समाज जनआवाज युवाक्लब मने ब .१-२ गोल्ले जनआवाज युवाक्लब बिजयी

भोलि हुने खेल

बिध्याथी उपकार सङ र भिमासन्कर युवाक्लब पहिलो खेल
दोश्रो खेल सेल्ले युवाक्लब बन्स्टार र क्लब सामरी
तेश्रो खेल मेन्दो फोले युवाक्ल्ब र दार्खा युवाक्लब
चौथो जुरेथुम र पात्ले सेवासमाज
पाचौ खेल जनाआवाज युवाक्लब र साइफोले युवाक्लब बिच हुने