Keshav Adhikari
हाम्रो जिल्लाका अधिकांश सरकारी कार्यालयहरु सेवाग्राही मैत्री छैनन, राज्यको तलव खाएर जनताको काम गर्न बसेका सरकारी कर्मचारीको रवैया देख्दा दिक्क लागेर आउँछ ।
लाग्छ कर्मचारी सेवा दिन बसेको होइन, उ आदेश दिन बसेको हो, उस्को आदेश जसरी पनि मान्नु सेवाग्राहीको कर्तव्य हो । प्रकृयागत रुपमा कु्नै काम लिएर जांदा दुई चार अक्षर चिनेका नागरिकले चार पाँच पटक दुःख पाउँछन, सामान्य लेखपढ गर्न नसक्ने,दुर दराजबाट आएका सर्वसाधारणले किन दुःख नपाउन ।
यहाँ वोलवालाको काम जसरी पनि हुन्छ, पहुचवाला जांदा कागजनै नभएपनि काम हुन्छ तर प्रक्रिया पुरा गरेर जान खोज्नेलाई झुलाउने काम हुने गरेको छ ।