यात्रु कोचेर बस कुदाउन खाल्टे पात्लेको बाटो कति सहज ?

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ४, २०७३

गंगालाल गुरुङ
माघ ४-

khalte bus

सोमबार धादिङबेशीबाट करिव ३० जना यात्रु लिएर धादिङको खाल्टे फ्याक्से जाँदै गरेको बस दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । यातायात व्यावसायीको प्रतिष्पर्धा र कच्ची सडकमा यात्रा गर्न वाध्य हुनु आम खाल्टेवासिको लागि तरबारमा ज्यान राखेर हिडनु जतिकै कष्ट हुने गर्दछ । धादिङको खाल्टे गाविसको खाल्टे पात्ले बस सुचारु भएको पनि दशक वित्नै लाग्यो तर सडकको अवस्था भने दुरावस्थामा नै रहेको छ ।

ग्रामीण क्षेत्रको वासिन्दालाई सदरमुकाम आवतजावत गर्न सहज हुनु खुशिको कुरा हो । तर पनि सडकको अवस्थाले भने घरबाट सकुशल निस्केको मान्छे बेलुका सकुशल फर्किनछ कि फर्किन्न भन्ने चिन्ता हुने गर्दछ ।
गत असोजमा ११ गते धादिङबेशीबाट दार्खाफेदी जाँदै गरेको बस मार्पाकमा दुर्घटना हुदा दशै नै खल्लो हुनी गरि १९ जनाको ज्यान गएको थियो । यो त धादिङमा भएको केहि डरलाग्दो प्रतिनिधित्व घटनाहरु मत्र हुन । यसरी ज्यानको जोखिम मोलेर यात्रा गरिरहदा पनि धादिङमा सडकको स्तर उन्नतीको काम निकै सुस्त गतिमा हुने गरेको छ ।

धादिङ जिल्लामा ग्राभेल र कालोपत्रेको काम अत्यन्तै कम हुने गरेको छ । धादिङबेशीको सदरमुकाम बाहेक ग्रामिण क्षेत्रमा अझै पनि कालो पत्रेको कुरा त धर्तीको पल्लो छेउको कुरा ग्राभेलसम्म पनि हुन सकेको छैन । तर पनि यातायात व्यावसायी भने जोखिम मोलेरै भए पनि आफ्नो क्षेत्र बढाउन लागि परेका छन । सरकारले ग्रामिण क्षेत्रमा सडक सञ्जाल विस्तारको काम प्रत्येक वर्ष करौडौ बजेट विनियोजन गरेका हुन्छन ।

dhading

ग्रामीण भेगमा जेठ असारमा सडक खनिन्छ साउन भदौको भेल वाढिले सडकको अवस्था विगारिदिन्छ । जव वर्खा सकिन्छ अनि बाटो सम्याउने काम मात्र हुन्छ । वर्षौसम्म यसरी नै एउटै विधि र प्रक्रिया दोहोरिरहदा सडकको अवस्था कहिले सुधार नभएको अवस्था देखिन्छ ।

धादिङको खाल्टे पात्ले जानको लागि धादिङबेशीको सदरमुकाम सिरानबजारमा समेत ग्राभेलको बाटो छ भने तपाई आफै कल्पना गर्नुस ग्रामिण क्षेत्रको वाटोको अवस्था कस्तो होला ? सिरानबजारको चोकदेखि भित्र लागेसी कच्ची बाटो शुरु हुन्छ । सदरमुकाममा त यस्तो हरि विजोक छ भने अन्य ठाउको बाटो राम्रो हुने त कु्रै भएन । खाल्टेको लागि छुटने बस नीलकण्ठ नगरपालिकाको भुलभुले हुदै खाल्टे लागिन्छ तर नीलकण्ठ नगरपालिका नै रहेको भुलभुलेमा नै सडकको अवस्था कच्ची रहेको छ ।

खाल्टे जाने बाटो केहि ठाउमा साघुरो र खाल्टाखुल्टीको कारण पनि यात्रा अत्यन्त जोखिम मोल्नु पर्ने हुन्छ । हिलेखर्क पार गरेसी केराबारी भन्दा पल्लो पट्टी पनि खाल्टे पात्ले उक्लीन उकालो बाटो रहेको छ । सरकारले पनि ग्रामीण क्षेत्रमा परमिट दिनको लागि बाटोको अवस्था कस्तो छ भनेर ख्याल नै नगरि रुट परमिट दिदा अकालमा नै मानिसहरुको ज्यान गईरहेको छ ।

map khalte
खाल्टेको पात्ले पर्यटकीय हिसावले विकसित हुदै गएपनि सडकको अवस्थामा भने खासै प्रगति हुन सकेको छैन । पात्लेको गुरुङ वस्ती होम स्टेको अवधारणा विकसित भईरहदा विकासको पूर्वाधारमा महत्वपूर्ण मानिएको सडक विस्तारमा फडको मार्न भने सकिरहेको छैन । पात्लेमा बन्दै गरेको विशाल खेल मैदान, होम स्टे , छाँगा, गुफा र आफ्नो संस्कृति संरक्षण अब्बल स्थानमा ओगदै गरेको खाटेमा सोमबार भएको घटनाले सडकको अवस्था कस्तो छ भनेर सोचनीय विषय बनेका छन । सरकारको मातहतमा रहेको जिल्ला विकास समिति, नगरपालिका लगायत सरकारी संस्थाले पात्लेको सडकको अवस्था कस्तो छ भनेर अध्ययन गर्नुपर्ने बेला आएको छ ।

उक्त सडकमा यात्रु वहाक सवारी साधन सञ्चालनको लागि उपयुक्त छ की छैन ? यदि छैन भने सडकको स्तरउन्नोति गरेर सवारी साधन सञ्चालमा ल्याउनु पर्ने अवस्था हुन्छ । अन्यथा फेरी पनि सोमबारको जस्तो अर्को घटना नघटोस । सरकारले ग्रामीण क्षेत्रमा सडक सञ्जाल विकास मात्र नभई स्तरीय बनाउनु पर्ने हुन्छ । बच्चा जन्माएर मात्र एउटा आमा बाबुको कर्तव्य पुरा कदापि हुदैन ।त्यसलाई पालन पोषण पनि गर्नु आमाबाबुको गहन जिम्मेवारी रहन्छ । त्यसैगरि सडकको पनि ग्राभेल विछ्याउने कालोपत्रे गर्ने कामलाई पनि प्राथमिकतामा राखि काम गर्नुपर्ने हुन्छ । सडडको विकास गर्दा एक वर्षको बजेटले ग्राभेल र अर्को वर्षको बजेटले कालो पत्रे गर्ने काम होस । जवकी अहिले भईरहेको वर्खामा पहिरो आयो पन्छाउनी काम मात्र भईरहेको छ ।

यस तर्फ सबैको ध्यान जाओस । खाल्टे दुर्घटनामा घाईते हुनु भएकाहरु प्रति शिघ्र स्वाथ्य लाभको कामना साथमा मृतक आत्मको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुमा धैयधारण गर्न सक्ने शक्ति भगवानले प्रदान गरुन ।