दुर्गा पुडासैनि, त्रीपुरेश्वर
धादिङ माघ १ । श्री अचने माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
वास क्लवको अध्यक्ष बिस्मा पुडासैनिको सभापतीत्वमा वास क्लवद्धारा आयोजित सदनात्मक स्तरिय प्रतियोगितामा प्रधानाध्यपक रविदत्त सापकोटाको प्रमुख आतीथ्यता रहेको थियो ।
५ वटा टिम सहभागिता रहेको कार्यक्रममा प्रथम स्थान हासिल गर्न सफल पारीजात सदन, दृत्तिय स्थान हासिल गर्न सफल लालीगुरास सदन, तृतिय स्थान हासिल गर्न निलकण्ठ सदन सफल रहेको छ ।
कार्यक्रममा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई शैक्षिक सामग्रीद्धारा पुरस्कृत गरिएको थियो ।