नेशनल प्याब्सन धादिङले भलिबल प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
बिहिबार, पुस २८, २०७३

धादिङबेसी पौष २८ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) धादिङले आगामी माघ ८ गतेबाट प्याब्सन स्तरिए भलिबल प्रतियोगिता गर्ने भएको छ ।

नेशनल प्याब्सनले धादिङबेसीमा गरेको साधरणसभा मार्फत माघ ८ गतेबाट खुल्ला छात्र भलिबल गर्ने घोषणा गरेको हो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) धादिङका सचिव तथा न्यू किबो बोर्डिङका प्रिनिसपल प्रयास रेग्मीका साधारण सभामा वर्षभरि गरिएको कार्य प्रतिवेदन र आगामि कार्ययोजनाको सिलसिलामा यस साधारण सभापछि पहिलो कार्यक्रम भलिबलको हुनेछ ।

धादिङका २४ निजी विद्यालय सहभागि प्यब्सन धादिङले दोश्रो कार्यक्रम माघ १६ गते देखिदौड, सटपुट, हाईजम्प, लङजम्प लगायतका खेलहरु संचालन गर्ने छ । सचिव रेग्मीले प्रतिवेदनका क्रममा भावि कार्ययोजना समेत पेस गर्नुभएको थियो ।