मगर संघको अधिवेशन लक्षित गाउँ भेलाको मिति तय

Avatar photo
Dhadingpost
शनिबार, पुस २, २०७३

magar-saghधादिङ पौष २ । नेपाल मगर संघ जिल्ला कार्य समिति धादिङले फागुनमा हुने जिल्ला अधिबेशन लक्षित गाउँ भेलाहरुको मिति तय गरेको छ ।
नेपाल मगर संघ जिल्ला कार्य समिति धादिङको कार्यवाहक अध्यक्ष सुरेन्द्र थापा मगरका अनुसार महादेवस्थानमा पुस ९ गते, चैनपुरमा पुस १० गते, खरीमा पुस २३ गते, कुम्पुरमा पुस १२ गते, मैदीमा पुस १६ गते, बैरेनीमा पुस २२ गते गाउँ एकाइ समिति गठन गरिने छ ।
माघ महिना भरिमा अन्य सबै गाविसहरुमा गाउँ एकाइ समिति गठन गरिने र फागुन २८ र २९ गते ९ औँ जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको लाङघाली बहुउदेश्य सहकारीका उपाध्यक्ष सावित्रि थापा मगरले जानकारी दिनुभएको छ ।