प्राविधिक शिक्षालय फुलखर्कको वार्षिकोत्सब सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ३०, २०७३


कृष्ण रानामगर
धादिङ फुलखर्क, मंसिर ३० । जिल्लामै एक मात्र कृषि विषयमा कक्षा १२ सम्म पढाइ हुने मण्डली माध्यमिक विद्यालय ( प्राविधिक शिक्षालय) फुलखर्क २, धादिङको ६0 अाैँ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गोपाल बहादुर अधिकारीको अध्यक्षतामा र मण्डली मा वि स्रोत केन्द्रका स्रोत ब्यक्ति नवराज बसाैलाको प्रमुख अाथित्य रहेको थियोे ।

कार्यक्रममा नेपाल शिक्षक महा संघका केन्द्रीय सदस्य अर्जुनबहादुर नगरकोटी, विशेष अातिथ्यता रहेको थियो । साथै छिमेकी विद्यालयका प्र अ तथा प्रतिनिधि गाविस भरिका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा यस वर्षको विद्यालयको प्रगति प्रतिवेदन र अा•व 0७२/0७३ को रू १ करोड ४९ लाख १३ हजार ६८४/४० बराबर रकमको अाय व्यय रहेको अार्थिक प्रतिवेदन विद्यालयका प्राचार्य नवराज अधिकारीले प्रस्तुत गर्नुभएको थियोे ।

पाैष २६ गतेबाट विभिन्न खेलकुद सहित सुरु भएको कार्यक्रम अाज सम्पन्न भएको हो । सम्पूर्ण खेलकुद तथा शैक्षिक सत्र २०७२ का प्रथम र द्वितीय तृतीय हुने विद्यार्थीहरूलाई समेत अाजै शैक्षिक सामग्री पुरस्कार वितरण गरिएको हो ।