धादिङ मंसिर २४ । दक्षिणी धादिङको महादेवस्थान वडा नं ३ ब्रुसवाङका चेपाङहरुले सांसद राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन् ।
८ जना चेपाङहरुको प्रतिनिधित्व गदै धादिङबेसी आइृपुगेका चेपाङहरुले जिविका होटेलमा भेला भई क्षेत्र न ३ का सासंद राजेन्द्र प्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा ब्रुसवाङका चेपाङको ठुलो समस्या २ घण्टाको बाटो हिडेर पानु बोक्नु पर्ने समस्या हल गर्न, खाद्य खाद्य संकट, स्वास्थ्य, शिक्षा, व्यवस्थित बसोबासको माग राखेर उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
ब्रुसवाङका ३५ घरधुरीलाई प्रति घर १२ रोपनी जग्गा उपलब्ध हुने गरि स्थान्तरण गरिनु माग समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।