हिंसा बिरुद्द किबो स्काउट ट्रुपको सडक नाटक

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २४, २०७३


धादिङबेसी मंसिर २४ । नेपाल स्काउट , जिल्ला स्काउट कार्यलय धादिङ अन्तर्गत सन्चालित किबो स्काउट ट्रुपले धादिङबेसीमा लैगिक हिम्सा बिरुद्द १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रस्तुत गरेको छ ।

धादिङबेसिको पुछार बजार र बिचबजार चोकमा बिहिबार देखाइएको नाटकमा किबो स्काउट ट्रुप का स साना भाइ बहिनिले नाटक देखाएका हुन । नाटकमा दाइजो प्रथा, महिला माथि हुने बिभेद, चेलीबेटी बेचबिखन रोकथाम गर्न सहयोग पुग्ने सन्देश दिएको थियो ।

किबो स्काउट ट्रुपले बेला बखत गरिने बिभिन्न कार्यक्रम अन्तर्गत आज धादिङ बेसिमा सडक नाटक देखाइएको ट्रुप का ट्रुप लिडर ओजस्बी दुवाडिले बताइन ।