कार्की गाउँ माविको व्यवस्थापन समिति गठन

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १४, २०७३

धादिङ सल्यानकोट, मंसिर १४ । धादिङ सल्यानकोट कार्की गाउँ माध्यमिक विद्यालयमा खिल बहादुर बुढाथोकीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरीएको छ ।

कार्यक्रममा स्रोत व्यक्ति कुमारी मल्लको प्रमुख आतीथ्यता रहेकेथियो । गठन गरीएको समितिमा सदस्यहरुमा पदम बहादुर राना, मोहनी प्रशाद रिमाल, कविता आले, भगवती बन्जरा, प्रमिला थापा साथै अर्जुन बहादुर नगरकोटी सदस्य सचीव सहित ७ सदस्य गठन गरिएको शिक्षक अभिभावक संघको अध्यक्ष पुन्य प्रसाद सिंखडाले धादिङपोष्टलाई बताउनु भयो ।